नेपाल कम्युनिस्ट पार्टी एमाले बाँकेको अधिवेशन नजिकिदै गर्दा नेतृत्वमा डिल्ली बिसीको चर्चा चुलिँदै गएको छ । कम्युनिस्ट आन्दोलनको उर्बरभूमि बाँकेको अध्यक्षमा डिल्ली बिसीलाई सर्वसम्मत बिजयी बनाउन पार्टीका सबै तहका नेता र कार्यकर्ताहरु लागिपरेका छन् ।
अधिवेशन आउन डेढ हप्ता बाँकी रहँदा डिल्लीलाई अध्यक्ष बनाउन जिल्लाका पूर्व अध्यक्ष र पूर्व केन्द्रीय सदस्यहरु खुलेरै लागिपरेका छन् । बौद्धिक नेताको परिचय बनाइसकेका डिल्लीलाई सर्वसम्मत अध्यक्ष बनाउन गाउँगाउँबाट केन्द्रीय नेतृत्वलाई दवाव सिर्जना भइरहेको छ । सामाजिक सञ्जालमार्फत् कार्यकर्ताहरुले युवा एवं बौद्धिक नेता डिल्लीलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने मत राखिरहेका छन् ।
बिचारका मामलामा मात्र नभई संगठनमा पनि डिल्लीको बलियो पकड रहेको छ । हरेक जिम्मेवारीलाई सफलताका साथ पुरा गर्दै आएका डिल्लीलाई पार्टीको अध्यक्ष बनाउँदा बाँके पार्टी थप सशक्त र बलियो बन्ने अपेक्षा कार्यकर्ताहरुले गरेका छन् ।
२०४७ सालमा तत्कालिन मालेको टोल कमिटी सदस्य भएर कम्युनिष्ट आन्दोलनमा होमिएका डिल्ली एमालेको बिचार बोकेकै कारण माओवादीबाट बिस्थापित भएका नेता हुन ।
राजनीति, पत्रकारिता र समाज सेवाका त्रिनेत्रका रुपमा स्थापित डिल्ली २०४७ सालमा त्रिभुवन जनता माध्यमिक विद्यालय सल्यानको अनेरास्ववियुको प्राक अध्यक्ष, २०५१ सालमा विरेन्द्रनगर बहुमुखी क्याम्पसको प्राक सचिव, २०५२ देखि २०५४ सम्म अनेरास्ववियु सल्यान जिल्ला कमिटी कोषाध्यक्ष, २०५४ देखि २०५७ अनेरास्ववियु सल्यान जिल्ला अध्यक्ष भएर सल्यानको विद्यार्थी आन्दोलनलाई उचाइमा पुर्याएका डिल्ली जनताको बहुदलिय जनवादलाई बोकेकै कारण २०५६ सालदेखि माओवादीद्वारा विस्थापित भएका थिए।
सल्यानबाट बिस्थापित भएपछि काठमाडौँ पुगेका डिल्ली २०५७ सालमा नेकपा एमाले सल्यान काठमाडौ सम्पर्क मञ्चको सचिव भएर काम गरेका थिए। पार्टीभित्र बौद्धिक नेताका रुपमा स्थापित डिल्ली २०५८ सालदेखि प्रेस चौतारी बाँकेमा आवद्ध छन ।
हरेक जिम्मेवारीलाई सफलताका साथ पुरा गर्ने परिचय बनाएका डिल्ली २०६४ मा नेकपा एमाले भेरी अञ्चल निर्वाचन कमिटीको सचिव, २०७१ मा नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य, २०७३ नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य भएर कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन भूमिका खेलेका डिल्ली हाल प्रेस चौतारी नेपालको केन्द्रीय सल्लाहकारको भूमिकामा रहेका छन।
पार्टीका कुनै पनि राजनीतिक नियुक्ति र अवसर नपाएका डिल्ली अधिवेशन नजिकिएसँगै जिल्ला अध्यक्षका लागि खोजिन थालिएका हुन । एमाले पार्टीमा बिचारको खडेरी भइरहँदा डिल्लीलाई अध्यक्षमा सर्वसम्मत बनाउन गाउँगाउँबाट कार्यकर्ताहरु लागिपरेका छन् ।










प्रतिक्रिया दिनुहोस्