थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ ।
गत शनिबार (पुस ३ गते) ड्युटी सकेर घर फर्कदै गर्दा ललितपुरको इमाडोलमा स्कुटर दुर्घटना हुँदा सुब्बा गम्भिर घाइते हुनुभएको थियो ।
दुर्घटना लगत्तै उहाँलाई बीएण्डबी अस्पताल पुर्याइएको थियो । फुपु विमान लिम्बुका अनुसार विएण्डबी अस्पतालको आइसियुमा उपचारका क्रममा आज विहान सुब्बाको निधन भएको हो ।
प्रकाशित मिति : २०७८ पुस १० गते शनिबार










प्रतिक्रिया दिनुहोस्