फेरि बाघले मान्छे झम्टियो



कोहलपुर,  : बाँकेमा फेरि बाघले मान्छेलाई झम्टेको छ । राप्तीसोनारी गाउँपालिका–५ बिनौनातर्फ जाने क्रममा जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटालालाई बाघले झम्टेको हो ।


क्याम्पसबाट शनिबार बिहान साढे ६ बजेतिर बिनौनातिर मोटरसाइकलमा गइरहेको अवस्थामा फत्तेपुर जंगलमा बाघले झम्टेको उनले बताए । बाघले झम्टे पनि आफूलाई उसको पन्जाले नभेटाएको उनको भनाइ छ । बाघको आक्रमणबाट बाच्न सफल भएकोमा आफूले पुनर्जीवन पाएको क्याम्पस प्रमुख बटालाले बताएका छन् ।
गत भदौ अन्तिम साता राप्तीसोनारी–१ कुसुमस्थित गाभरमा बाघले बाँके राष्ट्रिय निकुञ्जको बाघले मान्छे खाएको थियो । त्यसको करिब डेढ महिनापछि नरैनापुरमा पनि बाघले मान्छे खाएको थियो । बाँकेमा पछिल्लो समयमा बाघको बिगबिगी बढेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ४ गते आइतबार