16 July 2024  |   मङ्लबार, साउन १, २०८१

देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १६, २०७८  

दाङ ।

दाङ देउखुरीको महदेवा–सिसहनिया जोड्ने पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

रा १ प ६३४५ नम्बरको मोटरसाइकल गएराति पल्टिंदा गढवा गाउँपालिका-२ घुस्रा निवासी २१ वर्षीय समिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गोबरडिहाबाट सिसहनियातर्फ गइरहेको बेला मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १६, २०७८     1:13:25 PM  |