आजको मौसम: केही प्रदेशमा वर्षाको सम्भावना



कोहलपुर ।

जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

आइतबार बिहान पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली र अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ।

मौसमविद् राजु प्रधानाङ्का अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १४ गते आइतबार