29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

दसैंभन्दा फरक मोहनी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८  

काठमाडौँ — नेवार समुदायले दसैंकै बेला मोहनी चाड मनाइरहेका हुन्छन् । यो मोहनी र दसैं एउटै हो कि फरक रु नेवार संस्कृतिबारे लामो समयदेखि अनुसन्धान र लेखन गरिरहेका रमेशकाजी स्थापितलाई मान्ने हो भने यी दुई फरकफरक चाड हुन् । यसमा ठ्याक्कै भिन्नता छुट्याउन सकिन्छ, चाड मान्ने परम्परा, प्रक्रिया र दर्शन सबैबाट ।

 

‘मोहनीको विशिष्ट पक्षबारे बुझाउन सक्यौं भने यसले नेपाल सांस्कृतिक रूपमा कति धनी छ र फरक पनि छ, त्यो थाहा हुन्छ,ु स्थापितले भने । उनका शब्दमा, दसैं र मोहनी एकै दिन सुरु हुन्छ, एकै दिन समाप्त पनि हुन्छ । यो नै यी दुई चाडबीचको एकमात्र समानता हो । यसबाहेक अरू पक्षमा समानता पाइन्न ।

 

स्थापित के मान्छन् भने नेवारका अधिकांश चाडपर्व गैरनेवारको चाडपर्वकै दिन पर्ने गर्छ । त्यसैले पनि यी सबै एउटै वा फरक हुन् भनेर बुझ्न गाह्रो भएको हो । ‘मोहनी पनि शक्तिको आराधना गर्ने चाड नै हो,ु स्थापितले सुनाए, ‘तर यो दुर्गा शक्तिको आराधना होइन । आफूभित्र रहेको शक्तिको आराधना हो । त्यसैले नेवारले मोहनीमा दुर्गा पूजा गर्दैनन् । कालो मोहनी टीका लगाएर आफूलाई सिद्धि प्राप्त होस् भनेर मान्ने गर्छन् ।ु मोहनीको सबैभन्दा महत्त्वपूर्ण पक्षका रूपमा यही टीका रहेको छ र यसैले पूरा चाडको नाम रहेको मानिन्छ ।

 

 

दशमीको दिन नेवारहरूले कालो टीका लगाउने गर्छन् । यसलाई ‘मोहनी सिन्हु भनिन्छ र यही टीकाबाट यो चाडको नाम जुरेको हो । यो कालो टीका पनि पूरा एक रात अनुष्ठान गरेर बनाइएको हुन्छ र त्यसको समय हुन्छ, नवमीको रातदेखि दशमीको बिहानसम्म । त्यसका लागि दियोको बत्ती बालेर त्यसमाथि माटोको पाला राखिन्छ । त्यसकै धूवाँले टीका तयार हुन्छ । यो टीका आफूले मात्र होइन, आफ्नो पेसासँग सम्बन्धित ज्यावललाई लगाइन्छ ।

 

नवरात्री मनाउने परम्पराले पनि मोहनीको विशिष्ट पक्ष देखाउँछ । नवरात्रीको अवसरमा दुर्गाको नौ रूपलाई नौ दिनसम्म आराधना गर्ने गरिन्छ । ‘मोहनी मनाउने परम्पराअनुसार भने नवरात्रीका बेला नवरथ जाने भनेर राति नौ तीर्थमा गएर नुहाउने चलन हुन्छ । यसरी नुहाउँदा दुर्गा पूजा गर्नु पर्दैन,ु स्थापितले भने, ‘मोहनी कसैले कसैलाई मारेको विजय उत्सवका रूपमा पनि मनाइन्न । यो उत्सव त आफ्नो शक्ति बढाउन गरिने आराधनाका रूपमा हो ।ु

 

महत्त्वको तीन दिन

दसैंको पहिलो दिन हो, घटस्थापना । त्यो दिन घरमा जमरा रोपिन्छ । मोहनीको पनि पहिलो दिन घटस्थापना नै हो ।

मोहनीको सुरुवात पनि जमरा रोपेसँगै हुन्छ । एउटा सांस्कृतिक मान्यता के छ भने घरमा जमरा रोपिसकेपछि परिवारका कुनै पनि सदस्यले त्यसयता बाहिर रात बिताउनु हुन्न, जस्तै परे पनि राति घरमै फर्कनुपर्छ । मोहनीको अन्तिम तीन दिन सबभन्दा बढी महत्त्वको हुन्छ, त्यस अगाडि सप्तमीसम्म केही पनि गर्नु पर्दैन ।

 

अष्टमीको दिन बेलुका परिवारका सबै सदस्य एकै स्थानमा भेला हुन्छन् र भोज खाने गर्छन् । ‘यो कुछिभ्वय् नामले प्रसिद्ध छ,ु नेवार संस्कृतिका ज्ञाता सुजनविलास वज्राचार्यले भने । यसलाई कुलभोजको अर्थ लगाउँदा हुन्छ । नेवारमा आ–आफ्नो जातअनुसार पेसा हुन्छ । पेसाअनुसार ज्यावल पनि । कुलभोज खान अगाडि तिनै ज्यावललाई आगम कोठामा राखिन्छ र त्यसै रात अनुष्ठान गरिन्छ । त्यसलाई ‘स्वनेगुु भनिन्छ ।

 

‘त्यसको अर्थ आफ्नो पेसासँग आबद्ध ज्यावललाई शक्ति सञ्चार गर्नु हो,ु वज्राचार्यले थपे । तिनै अनुष्ठान गरेका सामग्रीलाई भोलिपल्ट पूजा गरिन्छ । त्यो भनेको नवमीको दिन हो । त्यही दिन आफ्नो सवारी साधन, मेसिनरी सामानको पनि पूजा गरिन्छ । नवमीको साँझ अर्को भोज हुन्छ र त्यसलाई ‘स्याक्वत्याक्वु भनिन्छ । ‘मोहनीको अवसरमा ज्यावलदेखि सवारी साधन र मेसिनरी सामानको पूजा हुने हुनाले नेवारले विश्वकर्मा पूजा गर्नु पर्दैन,ु वज्राचार्यले बताए ।

 

दशमीको दिन आगममा अनुष्ठान गरेर राखिएका सामग्री झिकिन्छ । त्यसलाई ‘चालुं भनिन्छ । त्यही दिन मोहनी टीका लगाइन्छ । ‘नेवार समुदायका लागि यो नै शक्तिको प्रतीक हो,ु वज्राचार्य मान्छन्, ‘आजभोलि रातो टीका लगाउने पनि गरिन्छ, तर यो पछि मात्र आएको चलन हो ।ु चालंको दिन फेरि एकपल्ट भोज खाइन्छ । यसरी लगातार तीन दिन भोज खानुपर्ने चलन छ । यी तीन दिन घरमा भात खानु हुन्न भन्ने मान्यता छ ।

 

मोहनीका यी तीन दिन लहरै मनाइन्छ, यसबीच तुत छ भने पनि त्यसले मोहनीलाई कुनै प्रभाव पार्दैन । चालं मनाउने परम्परा भने काठमाडौंको असनमा मात्र फरक छ । असनका नेवारले दशमीको दिन टीका लगाउने गर्दैनन्, भोलिपल्ट एकादशीमा मात्र यो दिन मनाउन गर्छन् । त्यसको अर्थ दशमीमा असनवासीले केही पनि गर्दैनन् । त्यसैले एकादशीमा मनाइने यो चालं ‘असं चालुं नामले प्रसिद्ध छ । ‘असनका नेवारले मोहनी फरक तरिकाले मनाउने यो अद्वितीय परम्परा हो, जुन अरू कतैतिर पाइन्न,ु वज्राचार्यले थपे ।

 

तिहारसँगको सम्बन्ध

मोहनीमा आफूभन्दा ठूलाको घरमा गएर टीका थाप्ने चलन हुन्न । जहाँ बोलाइन्छ, त्यहीं मात्र जाने परम्परा छ । टीका थाप्न बोलाइने यो विशिष्ट परम्परालाई ‘नखत्या सःतेगुु भनिन्छ । यसरी टीका थाप्न बोलाउँदा अलगै भोज पनि गर्नुपर्ने हुन्छ । यो क्रम दशमीबाट सुरु हुन्छ र केही दिनसम्म चलिरहन्छ । मोहनीमा टीका थाप्दा दक्षिणा दिने चलन हुन्न ।

 

मोहनीको सिधा सम्बन्ध तिहारसँग पनि रहेको पाइन्छ । स्याक्वत्याक्वको दिनको एक टुक्रा मासु तिहारका लागि भने जोगाइन्छ । त्यो लक्ष्मीका लागि भाग हो भन्ने गरिन्छ । नेपाल भाषामा त्यसलाई जनाउने विशिष्ट शब्द छ, ‘खंलाु । मोहनी सकिएको १५ दिनपछि लक्ष्मीपूजाका दिन त्यहीं खंला चढाएर लक्ष्मीको पूजा गरिन्छ ।

प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८     8:32:16 AM  |