24 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

महिला प्रहरीको डीएसपीसँग अवैध सम्बन्ध, मोबाइलमा भेटियो ५० अश्लील भिडियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ११, २०७८  

एजेन्सी ।

भारतको राजस्थान प्रहरीमा कार्यरत डीएसपीसँग अवैध सम्बन्ध रहेको एक महिला प्रहरी पक्राउ परेका छन्। आफ्नो ६ वर्षीय छोरालाई डीएसपीसँग अश्लील भिडियो खिचाएको आरोपमा ती महिला पक्राउ परेकी हुन्।

प्रहरीको स्पेशल अपरेशन ग्रुपले उनलाई पक्राउ गरेको हो। डीएसपी र ती महिला प्रहरी दुवैलाई निलम्बन गरिएको छ। ती महिला प्रहरीलाई एक हप्ता प्रहरी हिरासतमा राख्न आदेशसमेत दिइएको छ।

विगत पाँच वर्षदेखि अवैध सम्बन्ध रहेको ती महिला प्रहरीसँग कम्तिमा पनि ५० वटा भिडियो क्लिप रहेको बताइएको छ। एक रिसोर्टमा प्राइभेड स्वीमिङ पुलमा ती महिला र डीएसपीको भिडयो क्लीप उनका छोराले खिचेका थिए।

एक अधिकारीका अनुसार ती महिलाले भिडियो फोल्डर बनाउने क्रममा झुक्किएर वाट्सएपमा पठाएका थिए। जुन उनका श्रीमान र परिवारले समेत देखेका थिए।

डीएसपीसँग अवैध सम्बन्ध रहेकै कारण ती महिला प्रहरीले आफ्ना पतिलाई छाडेको बताइएको छ।

प्रकाशित मितिः सोमवार, अशोज ११, २०७८     12:29:41 PM  |