मधुर पौडेल, बाँसगढी
बर्दियाको बाँसगढी नगरपालिकामा शुक्रबारबाट शुरु भएको खुल्ला फुटबल प्रतियोगिताको दोस्रो दिन तीन खेल भएका छन् । पहिलो दिन खेल भएको दुई खेल भएका थिए । शुक्रबार शक्तिनगर युवा क्लब र आयोजक बसन्तपुर युवा क्लब बीच भएको उक्त खेलमा आयोजक बसन्तपुर र बालापुर फुटबल क्लब बिजयी भएका थिए ।![]()
दोस्रो दिन भएको दाङपुर दमौली र मटरियाबीच प्रतिष्पर्धा भएको थियो । उक्त खेलमा दाङपुर दमौलीलाई मटरियाले ३–१ गोल अन्तरले जित हासिल गरेको छ । यस्तै दोस्रो प्रतिष्पर्धा लक्ष्मणपुर र मुनालबस्ती बीच भएको थियो । निर्धारित समयमा बराबरी भएपछि नजिक पेनाल्टी सुटआउछ मार्फत निकालियो ।
पेनाल्टी सुटआउटमा लक्ष्मणपुरलाई ४–३ गोल अन्तरले पराजित गर्दै मुनालबस्ती विजयी भयो । यस्तै तेस्रो खेलमा गौरिपारालाई १ का विरुद्ध २ गोल गर्दै माछागढ् कुईनेती विजयी भएको बसन्तपुर युवा क्लबका अध्यक्ष प्रदिप चापागाईले जानकारी दिए ।
तेस्रो दिन आज प्रतियोगिता अन्तर्गत पहिलो खेल खजुरा र सहेलवा, दोस्रो खेल कतर्निया र लालीगुँरास युवा क्लब र तेस्रो खेल हसनापुर र औरी बीच हुने उनको भनाइ छ । प्रतियोगितामा ३२ टिम सहभागी छन् । प्रतियोगितामा पहिलो चरणका खेल भइरहेका छन् । प्रतियोगिता बसन्त युवा क्लबको आयोजना र बाँसगढी नगरपालिकाको संरक्षकत्वमा शुरु भएको हो ।









प्रतिक्रिया दिनुहोस्