बाँकेमा कोरोना संक्रमण, ६ जना थपिए, १० डिस्चार्ज



कोहलपुर, बाँकेमा शनिवार कुल १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तीन वटा प्रयोगशालामा गरिएको १ सय १० नमुना परीक्षणमा कुल १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ती मध्ये बाँके जिल्लाका मात्रै ६ जना रहेका छन् । बाँकेका ४ महिला र २ जना पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ८ मध्ये ३ महिला र १ पुरुष गरी चार जना बाँके जिल्लाका रहेका छन् । यस्तै कोहलपुर मेडिकल कलेजमा ३६ नमुना परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनका अनुसार ५ जना मध्ये १ महिला र १ पुरुष गरी २ जना बाँकेका हुन् ।

बागेश्वरी ल्याबमा २६ जनाको नमुना परीक्षण गर्दा सबै नेगेटिभ आएको उनले बताए । यस्तै कोरोनामुक्त भएर शनिवार १० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ४० पुगेको छ । कुल कोरोना संक्रमितको संख्या भने १७ हजार ९ सय ९४ पुगेको छ । अहिलेसम्म बाँकेमा पीसीआर परिक्षण संख्या ९३ हजार २ सय ९७ पुगेको छ । नेगेटिभ स्याम्पल ७५ हजार ३ सय ३ रहेको छ । अहिले जिल्लाका विभिन्न अस्पतालमा बाँकेका १६८ जना सक्रिय संक्रमित रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १३ गते आइतबार