नेपालमा थपिए २,०६५ संक्रमित



कोहलपुर ।

देशभर पछिल्लो २४ घण्टामा शुक्रवार थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ६५ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ५६ हजार ७९२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर उपचारकै क्रममा थप २५ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणका कारण देशभर १० हजार ६६३ जनाले ज्यान गुमाइसकेका छन् । शुक्रवार देशभर थप २ हजार ३३७ जना कोरोना जितेर घर फर्किएका थिए । योसँगै अहिलेसम्म ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

१० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २० जना कोरोना संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार शुक्रवारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका थिए । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका बिरामीमध्ये ६२२ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सबैभन्दा धेरै काठमाडौंमा ४५४, कास्कीमा १८१, ललितपुरमा १६९, मोरङमा ११२ र भक्तपुरमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै मकवानपुरमा ५५, सुनसरीमा ५४, रुपन्देहीमा ५०, काभ्रेपलाञ्चोकमा ४६, चितवनमा ४५, झापामा ३३, स्याङजामा २९, नुवाकोटमा २३, जुम्लामा २१, दोलखामा १८, बाँकेमा ११ तथा धादिङ र सिन्धुलीमा १०÷१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १२ गते शनिबार