बर्दिया, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाले सीमा नाकामा ड्युटी मजबुत बनाउँदै गएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्नको लागि ड्युटी मजबुत बनाइएको हो । हेडक्वाटरको कार्यक्षेत्र अन्तर्गतका नाकामा दैनिक ड्युटी बस्ने गरिएको हो । नेपाल सरकारले सीमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पी.हरुको थप बिस्तार गरेसँगै सीमा क्षेत्रमा शसस्त्र प्रहरीको गस्ती बढाइएको थियो ।
सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै गएको छ । यसै क्रममा गण तथा मातहत बि.ओ.पी.हरुबाट चोरी तस्करी गरी भारतबाट नेपालतर्फ भित्र्याउदै गरेका विभिन्न सामग्री नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाले एक सूचना जारी गर्दै अवैध लेडिज कुर्ता र बैखा जातका माछा मरामद गरिएको जानकारी दिएको छ ।
जम्मा २३ हजार बराबरको सामग्री बरामद गरिएको र गरी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ ।
जसमध्ये बैखा जातका माछा सम्बन्धित स्थानीय निकायका पदाधिकारी क्वारेन्टाईनको रोहवरमा स.प्र.बल नेपाल बोर्डर आउट पोष्ट कण्ठपुरको परिसर भित्र नस्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्