सम्पादकीय : सहयोगको खाँचो



जुम्लाका हरिचन्द्र रावल यतिबेला दयनीय जीवन बिताइरहेका छन् । ६ वर्षअघि दुर्घटनामा परी घाइते भएका उनको जीवन अहिले अरुको भरमा बितिरहेको छ । उनी विगत ६ वर्षदेखि प्यारालाइसिसका कारण थला परेका छन् । उनको परिवार अहिले कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको सुकुम्बासी बस्तीमा बस्दै आएको छ । बिरामी छोराको हेरचाह उनका आमाबाबाले गरिरहेका छन् । बिरामी रावललाई एक छोरी छन् । बिरामी भएका कारण उनी वेबारिस मात्रै होइन जहान विहीन समेत हुन पुगे । उनी दुर्घटनामा परेको १ वर्षभित्रै उनकी श्रीमतीले साथ छोडिन् ।परिवारले उनको उपचारको लागि लाखौँ रुपैयाँ खर्च ग¥यो । घर बेच्यो । जग्गा जमिन बेच्यो । महिनौपछि उनी होस त आए । तर त्यतिबेला सम्म उनले आफ्नो सबै कुरा गुमाइसकेका थिए । उनी शारीरिक रुपमा अपांग भए । पक्षघात भएका कारण उनको एकपट्टीको शरिर नै नचल्ने भयो । अहिले त उनी दिशा र पिसाब समेत आफै गर्न सक्दैनन् ।

उनी आफू मात्रै बेसाहारा भएका छैनन् । उनको परिवार समेत बेसाहारा भएको छ । छोरी टुहुरो भइन् । उनको शिक्षा दिक्षा गर्ने समेत मान्छे छैनन् । अहिले सम्म विद्यालय समेत जान पाएकै छैनन् । बाबा बिरामी हुँदा र उनकी आमाले छोडेर जादाँ उनको भविष्य नै अन्धारमय हुने भय छ । सोही कारण उनको परिवार अहिले निकै दुःखदायी क्षणमा जीवन गुजारा गरिहरहेको छ । उनीसँग आमाबाबा समेत बस्दै आएका छन् । उनको हेरचाह गर्ने जिम्मेवारी बनेको उनकी आमाको नै हो । उनले कै बिरामी छोराको हेरचाह गर्दै आएकी छन् ।

उनले बिरामी छोराको उपचारको लागि देश तथा विदेशमा गएको बताइन् । उनले लखनउ सम्म उपचारको लागि लगिएको जानकारी दिइन् । घर र सम्पति सबै छोराको उपचारको लागि सकिएपछि सुकुम्बासी बस्तीमा बस्न थालेको उनको भनाइ छ । उनीहरु डुडुवा बस्तीमा बस्न थालेको लामो समय भएको छैन । भाडा बस्ने समेत रुपैयाँ नहुदाँ बाध्य भएर त्यहाँ बस्नुपरेको दुखेसो पोखिन् । उनको जस्तो धेरै जना दुखमा छन् । तर रावल परिवारले भोगिरहेको दुःख एकदमै दयनीय छ । उनको परिवारलाई अहिले सहयोगको खाँचो छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ११ गते शुक्रबार