जनगायक जेबी टुहुरेको निधन



काठमाडौं,  : जनगायक जुठबहादुर खड्गी ९जेबी० टुहुरेको आज निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निभन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगि उपचारि गरिएको थियो । उनको मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो ।

संविधानसभा सदस्यका साथै संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा समन्वय समितिको सभापति समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । टुहुरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

मुलुकको राजनीतिक परिवर्तनमा सांस्कृतिक आन्दोलनका रुपमा उनको निकै ठूलो योगदान रहेको छ । १५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका टुहुरेको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत चर्चित छ । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसनसमेत स्थापना गरिएको छ । फाण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १० गते बिहीबार