खेलकुद विकास समितिमा नयाँ नेतृत्व



कोहलपुर,

जिल्ला खेलकुद समिति बाँके अध्यक्ष मोहित शाहले पदभार ग्रहण गरेका छन् । मंगल एक कार्यक्रमका बीच शाहले औपचारिक रुपमा अध्यक्षको जिम्मेवारी सम्होलका हुन् । जिल्ला खेलकुद विकास समिति बाँकेद्धारा आयोजना गरिएको स्वागत पदभार तथा सम्मान कार्यक्रम मार्फत नयाँ अध्यक्ष शाहले औपचारिक रुपमा पदभार ग्रहरण गरेका हुन् ।

सोही अवसरमा निवर्तमान अध्यक्ष आतंक बस्नेतको समेत विदाई गरिएको थियो । स्वागत तथा पदभारग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष शाहले जिल्लाको खेलकुद क्षेत्रलाई चलायमान बनाउन आफ्नो पहिलो प्राथमिकता रहेको बताए । कोभिड–१९ का लागि बन्द अवस्थामा रहेका खेलकुद गतिविधि स्थानीय स्तरमा सञ्चालन गर्नको लागि समन्वय गरिनेछ । ‘ जिल्लाको खेलकुद क्षेत्रको सुधार गर्ने योजना छ ।

बाँके जिल्लालाई खेलकुदमा चिनाउन पहल थाल्ने छु । नयाँ प्रतिभालाई अवसर दिनुपर्ने पक्षमा छु । जिल्लाका युवालाई यसमा समेट्ने छु । ’ उक्त अवसरमा बोल्दै अध्यक्ष शाहले भने । यस्तै उनले राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत रहेको नेपालगञ्ज रंगशालालाई स्तरोन्नति गरिने जानकारी दिए । नयाँ नयाँ खेलाडिहरुको पहिचान गर्नको लागि स्थानीय तहसँग मिलेर काम गर्ने उनको भनाइ थियो ।

सोही अवसरमा कोभिड–१९ का कारण ज्यान गुमाउने नागरिकहरु प्रति सम्वेदना प्रकट गर्दै मेची महाकाली साइकल यात्रा गरेका सामाजिक अगुवा तेज विक्रम शाहलाई सम्मान गरिएको थियो । स्वागत पदभार तथा सम्मान कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव भीम ओली, प्रदेश सदस्य राम थापा लगायत कर्मचारी लगायतको सहभागिता थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ९ गते बुधबार