कोहलपुर : नेकपा एमाले बाँकेको भातृ संगठन अनेरास्वीयू बाँकेको बैजनाथ गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । जिल्ला अध्यक्ष सूर्य ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले अनेरास्ववियू बैजनाथ गाउँपालिका स्तरीय कमिटि समेत गठन गरेको हो । कृष्ण चन्द ठकुरीको अध्यक्षयतामा कृष्ण चन्द्र ठकुरीको अध्यक्षतामा २ सय ५१ सदस्यीय गाउँ कमिटि विस्तार गरिएको हो ।
उक्त अवसरमा बोल्दै एकताबद्ध र जनमुखी एमालेको आवश्यकता सहित संगठन विस्तार अभियान तीव्र रुपमा चलिरहेको बताएका छन् । उनका अनुसार अनेरास्ववियू बैजनाथ कमिटीले आगामी दिनमा शैक्षिक मुद्धाहरुलाई शसक्त रुपमा उठाउनेछ ।
भेलामा लुम्बिनी प्रदेश कमिटी सदस्य घननाथ खनाल , भिम ओली , चन्द्र थारु लगाएतले बालेका थिए । उक्त अवसरमा बोल्दै अनेरास्वयीयू बाँकेका अध्यक्ष दिनेश केसीले जिल्लाका विभिन्न पालिकामा संगठन विस्तारको कार्य जारी रहेको बताएका छन्। उनका अनुसार पार्टी जस्तै संगठनलाई पनि एकताबद्ध बनाउन आफूहरु लागि परेको छ ।
उक्त भेलामा नेकपा एमालेका राष्ट्रिय युवा संघ नेपाल का स्थायी कमिटी सदस्य खेमराज शर्मा,
जिल्ला सदस्य ,प्रदेश कमिटी सदस्य ,केन्द्रिय कमिटि सदस्य सुमन घिमिरे। अनेरास्ववियु स्थायी कमिटी सदस्य सुर्य रोकाय , सचिवालय सदस्य मोहित शाह लगायत युवा नेता तथा कार्यकर्ताहरुको कार्यक्रममा सहभागिता रहेको अध्यक्ष केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्