कोहलपुर,
कोहलपुर नगरपालिका वडा नम्बर १४ स्थित राम माविमा कान स्वास्थ्य शिविर सम्पन्न भएको छ । समाज सेवा संस्था नेपालको आयोजनमा कान स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरको कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले उद्घाटन गरेका थिए । शिविरको औपचारिक सत्रका प्रमुख अतिथि समेत रहेका रावतले कान मानव शरिरको एक अभिन्न अंग भएको बताए ।
उनका अनुसार मानिसले कानको सुरक्ष ागर्न आवश्यक रहेको छ । मानिसहरुमा विभिन्न कारणले कानमा समस्या हुने भएकोले सधै सुरक्षित राख्नु पर्ने बताए । समाजमा अहिदे पनि कान नसुन्ने मानिसहरुलाई अर्कै नजरले हेर्ने गरिएको भन्दै उनीहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।
‘कोभिडको समयमा पनि यस्तो कार्यक्रम आयोजना गर्नु निकै सह्रानीय काम हो । कानको सुरक्षाको लागि पनि यस्ता कार्यक्रम आवश्यक हुन्छन् । हामीले यस्तो काम गर्न सकेका छैनौँ । संस्थाले निकै महत्वपूर्ण काम गरेको छ । त्यसको लागि आयोजकलाई धन्यवाद छ ।’ उक्त अवसरमा बोल्दै प्रमुख रावतले भने ।
आयोजक संस्था समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले शिविरमा १६२ जनाले सेवा लिएको बताएका छन् । उनका अनुसार शनिबार दिनभर चलेको शिविरमा ८५ जना महिला र ७७ जना पुरुषले सेवा दिएका थिए । ७ जनालाई अप्रेसनको लागि रिभर गरिएको छ । उक्त शिविरमा सामुदायिक कान प्राविधिक सिनियर मनलाल थारु र जुनियर सामुदायिक कान प्राविधिक तीर्थबहादुर थारुले चेकजाँच
गरेका थिए ।
अध्यक्ष थापाले ग्रामीण क्षेत्रमा मानिसहरुमा कान सम्बन्धी समस्या रहेकोले त्यसको समाधानको लागि शिविर सञ्चालन गरिएको बताए । उनका अनुसार शिविरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । उनले आगामी दिनमा पनि यस्तै सामाजिक काम गर्दै जाने बताए । उक्त शिविरको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीलाई संस्थागत रुपमा स्वागत गरिएको पनि अध्यक्ष थापाको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्