कोहलपुर, सार्क मुलुक अफगानस्तानबाट अमेरिकी सेनाको बर्हिगमनसँग त्यहाँको सत्ता लडाकू समूह तालिवानको हातमा पुगेको छ । झण्डै २ दशकसम्म अमेरिकी सेनाले रक्षा गरेको त्यहाँको सत्ता तालिवान कब्जा गरेपछि त्यहाँ अहिले मानवीय संकट परिरहेको छ । राष्ट्रपति असरफ घानीले देश नै छोडेर युएईको सरणमा छन् भने तालिवानले सरकारको निर्माणको प्रक्रिया शुरु गरिरहेको छ । अहिले त्यहाँ रहेका नागरिकलाई अन्य देशहरुले आफ्नो देशमा फकाईरहेका छन् ।
नेपालका हजारौ नागरिक पनि रोजगार तथा व्यवसायका लागि परेका छन् । उनीहरुको उद्धारको लागि सरकारले प्रयास गरिरहेको छ । सिधा काठमाडौँ काबुल हवाई सुविधा नभएकोले तेस्रो मुलुकबाट नेपालीहरुलाई ल्याउने गरिएको छ । अहिले सम्म २ सय बढी नेपाली स्वदेश फर्किसकेका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय बाँकेले उक्त देशमा बाँके जिल्लाका कोही नागरिक भएमा सम्पर्क गर्न आग्रह
गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दीर्घनारायण उपाध्यायद्धारा जारी गरिएको सूचनामा अफगानस्तानमा विकसित असहज परिस्थितिका कारण उक्त मुलुकमा रहेका नेपाली नागरिकहरुको पहिचान गरी उद्धार गर्ने भइरहेको उल्लेख गरिएको छ ।
उक्त सूचनामा नेपाल सरकारले कार्यदल नै गठन गरेर कार्यन्वयनको चरणमा रहेकोले बाँके जिल्लाबाट रोजगारी, व्यापार,व्यवसाय वा अन्य कुनै कामको शिलशिलामा कुनै व्यक्ति अफगानस्तान गएको भए विवरण बुझाउन आग्रह गरिएको छ । यदि कोही नागरिक गएको भए त्यसको विवरण जिल्ला प्रशासन कार्यालय बाँकेमा विवरण दिन आग्रह गरिएको हो । सहायक प्रजिअ उपाध्यायद्धारा जारी सूचनामा त्यसको लिखित वा मौखिक रुपमा जानकारी दिन आग्रह गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्