‘अभावले खुसी छैनन् खले, घाउ दुःखेर मंगले’



शुभाकर विश्वकर्मा,कोहलपुर,

कोहलपुर नगरपालिका–११ शान्तिनगरमा अशान्त मन लिएर बसिरहेका छन्,खले दमाई । उनले जन्मेदेखि समाजको उत्पीडन र विभेदमा अशान्त मन लिएर बाँचे । सानैदेखि विभिन्न उतारजडाव बेहोर्दै आएका खलेको जिन्दगी नै दुःखैदुःखको प्राय नै बनेको छ । बालापनमा बाबाको अभिभावकत्व पाएनन् । विहेपछि विभिन्न आरोह अवरोध झेल्दै आएका उनले जीवनसंगिनीको साथ समेत पाउन सकेनन् । करिब चार वर्ष पहिले घर छोडेर हिडे श्रीमती अहिलेसम्म घरमा छैनन् । जीवनमा जति दुःख भएपनि आफ्ना सन्तानको सुखको संघर्ष गरिरहेका खलेको जीवनमा फेरि अर्को बर्जपात परेको छ ।

विगत तीन महिनादेखि खलेका १३ वर्षीय छोराको खुट्टामा देखिएको समस्याका कारण उनी समस्यामा परेका हुन् । ज्ञान ज्योति माध्यमिक विद्यालय बगियामा कक्षा ६ मा अध्ययनरत मंगले दमाई दायाँ खुट्टामा देखिएको समस्याका कारण थला परेका छन् । उनको उपचारको लागि आवश्यक खर्च नहुदाँ खले विखलबन्दमा परिरहेका छन् ।

घरको आर्थिक अवस्थामा समेत नाजुक रहेको दमाइ परिवार यतिबेला पारिवारिक,दुःख र आर्थिक समस्यासँग जुधिरहेको छ । खले भन्छन्,‘कलिलो उमेर मै मेरो छोरा माथि के हो यस्तो । घरमा साँझ विहान खानलाई अपुग छ । छोराको उपचारको लागि रुपैयाँ नहुँदा समस्या भएको छ । ’

मंगलेको उपचारको लागि आर्थिक सहयोग गरिदिन उनले सबैलाइ्र अपिल गरेका छन् । एक छोरा र छोरीको पालनपोषण, पढाईको लागि मजदुरी गर्दै आएका उनी छोरा बिरामी परेपछि काम समेत गर्न पाएका छैनन् । रकम अभावमा उपचारमा समस्या भएपछि खलेले सहयोगको याचना गरेका हुन ।

तीन महिला अघि एक्कासी मंगलेको खुट्टामा समस्या देखिएपछि नेपालगञ्जमा गएर चेक गराए । उक्त खुट्टाको अप्रेसन गनुपर्ने बताइयो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज मा करिब १ महिना भर्ना गरेको उनले बताए । त्यहाँ बस्दा छोरा मंगलेको उपचारमा खलले १ लाख ५० हजार खर्च गरेका छन् । गाउँमा ऋण गरेर छोराको उपचार गर्दा पनि सन्चो हुन नसकेको उनले बताए ।

‘ऋण खोजेर उपचार गरे । धेरै पैसा खर्च भयो । तर स्वास्थ्यमा सुधार नै आएन ।’ खले भन्छन्,‘एक महिना अस्पतालमा बस्दा न त छोरा निको भयो न पुर्ण उपचार गर्ने पैसा नै पुग्यो । छोराको खुट्टामा कुनै सुधार आएन ।’ छोराको उपचार गर्न उनी फेरि पुनः सुशिल कोईराल प्रखर क्यान्सर अस्पतालमा खजुरामा पुगे । त्यहाँ पनि उनको राम्रोसाग उपचार हुन सकेन । चिकित्सकले उनलाई थप उपचारको लागि काठमाडौँ वा भारतको लखनउ लिनुपर्ने बताएका छन् । तर आफूसँग आवश्यक पैसा नभएका कारण छोराको खुट्टा काट्नु पर्ने अवस्था आउँछ की भन्ने डरले उनलाई सताउन थालेको छ ।

दैनिक मजदुर गरेर जीवन थानिरहेका उनका लागि बाहिरी जिल्लामा लिएर उपचार गराउने असम्भव जस्तै छ । केही समय उनले कोहलपुर चौराहामा पानी बेचेर काम गरे । त्यहाँ दैनिक २ सय देखि ५ सय सम्म कमाइ हुन्थ्यो । तर कोरोनाको महामारी पछि पानी बेच्ने काम पनि बन्द भएका कारण झन समस्या भएको उनले बताए । अहिले भने उनी बजारमा सरिया सिमेन्टको काम गरेर उनले ४ जनाको परिवार पालेका
छन ।मंगलेले पनि आफूलाई समस्या परेकोले सहयोग गरिदिन अनुनयविनय गरेका छन् । उनी अहिले आफै हिड्न सक्दैनन् । खलेले छोरको उपचारका लागि सहयोग गरिदिन याचना गरेका छन । उनको छोराको उपचारमा सहयोग गरिदिन ९८४५५९४५८९ मा सम्पर्क गर्न सकिने
छ ।

प्रकाशित मिति : २०७८ भदौ ५ गते शनिबार