शंकर पोखरेल भन्छन्, ‘माधव कमरेडले नयाँ पार्टी खोल्नु दुःखद्’



कोहलपुर  नेकपा एमालेका स्थायी कमिटी शंकर पोखरेलले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी खोल्नु नेपालको कम्युनिष्ट आन्दोलनको लागि निकै दुःखद् निर्णय भएको बताएका छन् ।पार्टीमा देखिएको समस्या समाधानको प्रयास भइरहेको समयमा संघर्षको बाटो छोडेर जानु कम्युनिष्ट आन्दोलनको लागि राम्रो पक्ष नभएको उनले बताए । एमाले विवाद समाधानका लागि बनेको कार्यदलका सदस्य समेत रहेका पोखरेलका अनुसार कार्यदलले तयार गरेको १० बुँदे सहमतीको बाटोबाट अघि बढ्न पार्टी प्रतिवद्ध छ ।

सामाजिक सञ्जाल आफ्नो धारण राख्दै उनले पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभइ अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य भएको बताएका छन् । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका पोखरेलले विचार र सिद्धान्तले पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउन अग्रसर हुनुपर्नेमा समेत जोड दिएका छन् । उनले सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउन समेत सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले बिहीबार मात्रै नेकपा एमाले समाजवादी पार्टी नामको नयाँ दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । ओली पक्षीय नेता समेत रहेका पोखेरल मात्रै होइन माधव पक्षका लुम्बिनी प्रदेशका महत्वपूर्ण नेताहरुले उनलाई साथ दिएका छैनन् । लुम्बिनी प्रदेशमा माधव नेपाल पक्षले कमजोर देखिएको छ । लुम्बिनीमा नेकपा एमालेका ३७ जना सांसद मध्ये २ जना माधव नेपाल पक्षसँग छन् ।

केन्द्रमा नयाँ दल दर्ताको लागि निवदेन दिएपछि उनीहरुको पर्ख र हेरको अवस्थामा रहेका छन् । लुम्बिनी प्रदेश सभामा नेपालको पक्षमा कपिलवस्तु विष्णु पन्थी र पाल्पाकी रमा घर्ती रहेका छन् । यता एमालेको केन्द्रीय राजनीतिमा उदाएका प्रभावशाली नेताहरुले साथ नदिदाँ लुम्बिनी उनी कमजोर बनेका छन् । तेस्रो तहका नेताहरुलाई लिएर नेकपा एमाले फुटाएका नेपाललाई लुम्बिनीबाट लुम्बिनीबाट नेपाल समूहमा रहेका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल र सचिव गोकर्ण विष्ट ठाकुर गैरे, सोमप्रसाद पाण्डेलगायतले नयाँ यात्रामा साथ दिएनन् । तर उनलाई लुम्बिनीबाट नेपालको नयाँ पार्टीमा डा. बेदुराम भुसाल, डा. विजय पौडेल, रामकुमारी झाँक्री, मेटमणि चौधरीले भने साथ दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ४ गते शुक्रबार