शुभाकर विश्वकर्मा, कोहलपुर
कोहलपुर नगरपालिकाले कोभिड–१९ को व्यवस्थापनको नाममा साढे २ करोड बढी बजेट खर्च गरेको छ । २०७७ चैत्र महिनादेखि शुरु भएको कोरोना संक्रमण संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले अपनेक्षित साढे २ करोड भन्दा बढी बजेट खर्च गरेको हो । नगरपालिकाको आयोजनामा साउन २८ गते आयोजना गरिएको आर्थिक वर्ष २०७७/०८७ को वार्षिक समिक्षा कार्यक्रममा कोभिड–१९ को व्यवस्थापनको कुल २ करोड ६३ लाख ७७ हजार ६ सय ७८ रुपैयाँ खर्च भएको जनाएको हो ।
कोहलपुर नगरपालिकाका लेखा अधिकृत सुदिप सिंह सुनारद्धारा प्रस्तुत गरिएको उक्त तथ्यांक अनुसार प्रकोप व्यवस्थापन कोषबाट भएको खर्च विवरण अनुसार जिल्ला विपद् व्यवस्थापन समिति शीर्षकमा १२ लाख, गत वर्षमा वडाको क्वारेन्टाइन व्यवस्था खर्च २६ लाख ८० हजार २८ रुपैयाँ, आइसोलेसन सेन्टरको खाता तथा खाजा खर्च १० लाख ८७ हजार ९ सय ६४ रुपैयाँ रहेको छ । यस्तै एम्बुलेन्स तथा गाडी भाडामा १८ लाख ५९ हजार ९ सय ८० रुपैयाँ खर्च भएको छ ।
स्वास्थ्यकर्मी तथा कर्मचारी प्रोत्साहन खर्च २ लाख २४ हजार, कोभिड अस्पतालका स्वास्थ्यकर्मीको तलब तथा भत्ता ५ लाख ६४ हजार ७ सय ७७ रुपैयाँ र कोभिड अस्पताल निर्माणमा ३० लाख खर्च भएको लेखा अधिकृत सुनारको भनाइ छ । यसैगरी कोभिड अस्पतालमा आवश्यक सामग्रीका लागि ४ लाख ६४ हजार ९ सय २७, सन्देशमुलक सामग्री निर्माण तथा प्रसारणको लागि ५३ हजार ४ सय ९० र नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग ३ लाख ७५ हजा रहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।
आइसोलेसन सेन्टर(होटल अतिथि) खर्च २० लाख ७५ हजार ५ सय, औषधि तथा सुरक्षा सामग्रीमा १ लाख ३९ हजार ३२, बागेश्वरी क्वारेन्टाइन व्यवस्थापनमा ३ लाख ९८ हजार २ सय २५, विभिन्न विद्यालय क्वारेन्टाइन सञ्चालन खर्च २ लाख ५२ हजार ७ सय २६ र पिपिरी आइसोलेसन सेन्टरको सामग्रीका लागि ३ लाख ५० हजार ९ सय ६५ रुपैयाँ खर्च गरेको नगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा पनि तेस्रो चरणको सामना भइरहेको जनाइएको छ । पछिल्लो समय कोभिड–१९ को तेस्रो चरणको रोकथाम तथा नियन्त्रणमा लागिपरेको नगरप्रमुख लूट बहादुर रावतले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्