कोहलपुर लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमैत्री रिर्पोटिङ्ग सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । बाँके र बर्दिया जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुका लागि जुम मार्फत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमैत्री रिर्पोटिङ्ग सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालाको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष झमेन्द्र झाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमैत्रीका विषयमा पत्रकारहरुले कसरी रिर्पोटिङ्ग गरिरहेका छन्, यस्तो विषयमा रिर्पोटिङ्ग गर्दा ध्यान दिनुपर्ने कुराहरु, नेपालको सन्दर्भमा पत्रकारिता क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको पहुँचको अवस्था, यस विषयमा रिर्पोटिङ्ग गर्दा कस्तो विषय उठान गर्नुपर्छ भन्ने लगायतका सहजीकरण गरेका थिए ।
उक्त अवसरमा बोल्दै उनले नेपालमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुद्धा एकदम महत्वपूर्ण सवालका रुपमा रहेको बताएका थिए । आवाज विहीनहरुको आवाज भनिने मिडिया क्षेत्र र त्यसमा काम गर्ने पत्रकार लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका विषयमा प्रष्ट हुन आवश्यक रहेको उनको भनाइ थियो ।
यस्तो मुद्धामा अहिले पनि राज्यले चासो दिन नसकेको भन्दै पत्रकारहरुले सरकारलाई सुसूचित गराउने पर्ने दायित्व रहेको वरिष्ठ पत्रकार समेत रहेका बताए । सबै लिङ्गिहरुको सार्वजनिक तथा निजी जीवनमन हरेक पहलमा समान दृष्यता, समान शसक्तिकरण र समान सहभागितालाई बोध गराउने उनको भनाइ थियो ।
राजनीतिक, आर्थिक, प्रशासनिक, शैक्षिक, साँस्कृतिक, धार्मिक, भाषिक, जातीय, लैङ्गिक र सञ्चार क्षेत्र समावेशीकरणको क्षेत्र रहेको बताए । उक्त अवसरमा बोल्दै दलित महिला केन्द्र नेपालका अध्यक्ष गौरा नेपालीले केन्द्र नेपालका विभिन्न राजनीतिक दलमा आवद्ध महिलाहरुको संगठन रहेको जानकारी दिइन् ।
यस संस्थामा केन्द्रमा अहिले पाँच राजनीतिक दलमा विचार राख्ने महिलाहरुको सहभागिता रहेको छ । नेपालका हरेक तह र तप्कामा महिलाहरुको राजनीतिक पहुँच सहभागिता तथा नेतृत्व विकास गर्ने उद्देश्यले स्थापना गरिएको उनले बताइन् । अध्यक्ष नेपालीका अनुसार केन्द्रले अहिले देशभरका ३२ वटा भन्दा बढी जिल्लामा काम गरिरहेको छ ।
उनले लुम्बिनी प्रदेशमा समेत केन्द्रले विभिन्न जिल्लामा काम गरिरहेको बताइन् । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमैत्री रिर्पोटिङ्ग सम्बन्धी एक दिने कार्यशाला दलित महिला केन्द्र नेपालको आयोजना सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र नेपाल बाँकेको समन्वयमा सम्पन्न भएको हो । उक्त अवसरमा सहजकर्ता झा र कार्यशालामा सहभागी पत्रकारहरु बीच यस विषयमा अन्तरक्रिया समेत भएको हो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष, सचिव तथा क्रियाशिल २० जना पत्रकाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्