समाज सेवा संस्थाद्धारा मुटुरोगीलाई आर्थिक सहयोग



कोहलपुर : बाँकेको कोहलपुरमा बस्दै आएकी जाजरकोटकी एक मुटु रोग पीडित महिलालाई आर्थिक सहयोग गरिएको छ । मुटु रोगका कारण समस्यामा परेर लामो समयदेखि कोहलपुरमा बस्दै आएकी जाजरकोटकी ३५ वर्षीया उमिसा गोसाई पुनलाई समाज सेवा संस्था नेपाल कोहलपुरले आर्थिक सहयोग गरेको हो । संस्थाले उनको स्वास्थोपचारका लागि आर्थिक संकलन अभियान समेत सञ्चालन गरेको छ ।

आर्थिक रुपमा विपन्न उमिसा श्रीमान र छोरा छोरी सहित कोहलपुरमा बस्दै आएकी छन् । उनका श्रीमानले दैनिक मजदुरी गरेर उनी सहित परिवार पाल्दै आएका छ । संस्थाका अध्यक्ष विनोद थापाले विभिन्न सहयोगीहरुको तर्फबाट आर्थिक संकलन गरेर १५ हजार २ सय ९६ रुपैयाँ सहयोग गरिएको जानकारी दिए ।

उनका अनुसार मुटुमा प्वाल भएकी पुनको उपचार तथा परिवार सञ्चालन गर्न सहयोग होस भन्ने उद्देश्य राहत संकलन अभियान सुरु गरिएको हो । संस्थाले यअघि पनि उनको परिवारलाई आर्थिक र खाद्यान्न सहयोग गरेको थियो ।

‘ युवा दिवसको अवसरमा हामीले एक मुटु रोग पीडित महिलालाई सहयोग गरेका छौ । संस्थाले उनलाई बचाउन अभियान नै सञ्चालन गरेको छ । हामीले संकलन गरेको थोरै पैसा उनलाई हस्तान्त्ररण गरेका छौँ ।’ सामाजिक अभियान्ता समेत रहेका अध्यक्ष थापाले बताए ।

मुटु रोग पीडित उमिसाले संस्थाको सहयोग प्रति आभार प्रकट गरेकी छन् । उनको मुटुको प्वालको उपचार गर्न ५ लाख रुपैयाँ लाग्ने बताइएको छ । तर आर्थिक समस्याका कारण उनको मुटुको अप्रेसन हुन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रबार