संघीय सरकारमा प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेको घर झगडा एकता वा फुटको संघारमा छ । अहिलेको अवस्था हेर्ने हो भन्ने २०७४ अघिको एमालेको रुपमा फर्किने सम्भावना न्युन देखिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा संसद विघटन गरेदेखि सुरु भएको आन्तरिक किचलो अझै सुल्झिन सकेको छैन । यसवीचमा नेकपा विभाजन भयो । एमाले र माओवादी व्युतिए । संसदमा आफ्नै पार्टीका सांसद अनुपस्थित हुदाँ विस्वासको पद पाएनन् । ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरे ।
अदालतको परमादेश मार्फत शेर बहादुर देउवा प्रधानमन्त्री भए । तीन वर्ष अघि दुई तिहाई बहुमत सहित दोस्रो पटक सत्तामा पुगेका ओलीको तीन वर्षपछि लज्जापद् बर्हिगमन भयो । एमालेको आन्तरिक जीवनका लागि यो पहिलो झट्का भने थिएन । पार्टी किचलोका कारण एमालेले गण्डकी प्रदेशमा सत्ताबाट बाहिरिनु परेको थियो । असार २७ मा स्वयम् ओली सत्ताबाट बाहिरिन बाध्य भए । तेस्रो पटक साउन ३६ मा ओलीका विस्वास पात्र शंकर पोखरेलको दुःखत सत्ता बर्हिगमन भयो । यो नेकपा एमालेको तेस्रो सत्ता बर्हिगमन हो । जुन अरु कसैको नभएर पार्टी अध्यक्ष केपी शर्मा ओली प्रवृत्तिको ‘साइट इफेक्ट’ हो । म नै सवथोक हुँ ओली शैली, बिरोधी प्रति असहिण्णु व्यवहार र पार्टी भित्रको झगडा प्रमुख हो, तेस्रो पटकको सत्ता बर्हिगमन । यो नेकपा एमालेको लागि मात्रै होइन सिंगो शासक व्यवस्था माथिको प्रश्न हो ।
देशको ठूलो दल हुनुका नाताले एमाले सबैमा सत्तापक्ष हुनुपर्ने हो ।अपसोच, एमाले सत्ताबाट धमाधम बाहिरिरहेको छ । अब बागमती र प्रदेश नम्बर १ मा एमालेको सरकार बाँकी छ । यी दुई प्रदेशमा पनि एमाले एकता भएन भने जतिबेला पनि ढल्ने हो कुनै ठेगान नै छैन । एमालेमा जे जति भइरहेको छ । नेतृत्वको हैसियतमा ओली नै जिम्मेवार छन् । तर व्यक्तिगत र पार्टी जीवनमा अभूतपूर्व क्षति हुँदा पनि ओलीको दम्भ, अहंकार कायमै छ । जुन आगामी दिनमा नेपाल एमालेको लागि विष सावित हुनेछ । अब प्रदेशका दुई सत्ता र एमालेलाई एकताबद्ध ओली सुध्रिनुको विकल्प छैन । होइन भने सूर्यमा कालो ग्रहण मात्रै होइन अन्धकार हुने निश्चित छ । हिजोजे जति घटना घटे, आज जे भइरहेको छ र भोली पनि जे–जे हुने सम्भावना देखिन्छ यो सब ओली प्रवृत्तिको पतन सिबाय केही पनि होइन ।
प्रतिक्रिया दिनुहोस्