महिला उद्यमी बाँकेको अध्यक्षमा रस्तोगी



नेपालगञ्ज ।

नेपाल महिला उद्यमी संघ बाँके शाखाको अध्यक्षमा निरुपमा रस्तोगी सर्वसम्मत निर्वाचित भएकी छन् । बाँकेको नेपालगञ्जमा बुधवार भएको संघको १८ औं साधारणसभा तथा अधिवेशनले रस्तोगीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघिको कार्यकालमा उनी प्रथम उपाध्यक्ष थिइन् । अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्यहरु समेत सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

संघको प्रथम उपाध्यक्षमा सावित्री बस्नेत, द्धितिय उपाध्यक्षमा रेवती सिंह, तृतिय उपाध्यक्षमा आभा गौतम, महासचिवमा सुनिता पाण्डे, सचिवमा सरिता शाक्य र कोषाध्यक्षमा नितु शाह चन्द सर्वसम्मत निर्वाचित भएको निर्वाचित अधिकृत अमृता केसीले जानकारी दिइन् । उनका अनुसार त्यसैगरी सदस्यहरुमा शशी स्वार, शोभा श्रेष्ठ, सावित्रा शर्मा, सुशिला शाह राणा, बिन्दु चर्तिमगर, निरु चौधरी र कालि मिया सर्वसम्मत निर्वाचित भएका थिए ।

नयाँ कार्यसमितिले महिला उद्यमीलाई प्रोत्साहन गर्नको लागि विभिन्न क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष रस्तोगीले मिसन टुडेलाई बताइन् । ‘हामी महिला उद्यमीहरुको हक र अधिकारको लागि सबैसँग सहकार्य गरेर अब आउने दिनमा अघि बढ्नेछौं’ उनले भनिन्, ‘यहाँका महिला उद्यमीहरुको पक्षमा यो टिमले काम गर्नेछ ।’ आगामी दुई वर्षे कार्यकालको लागि नेपाल महिला उद्यमी संघ बाँके शाखाको नयाँ नेतृत्व चयन भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २८ गते बिहीबार