केहलपुर ।
बाँकेको कोहलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ५ पिपिरी नगरमा पलम्बरको काम गर्ने एक जना कैलाली दिपेन्द्र चौधरीको मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र खनालले जानकारी दिएका छन् ।
खनालका अनुसार निर्माणधिन लोकराज शर्माको घरमा पलम्बरको काम गर्ने कैलाली जिल्ला घोडाघोडी ४ का २६ वर्षीय दिपेन्द्र चौधरी करेन्ट लागेको थियो ।
करेन्ट लागेपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको खनालले जानकारी दिए । खनालका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका ल्याइएका दिपेन्द्र चौधरीको मृत्युको घोषणा गरेको उनले बताए । अन्य थप अनुसन्धान भैरहेको उनको भनाई छ ।
प्रकाशित मिति : २०७८ साउन २६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्