लोडसेडिङ विरुद्ध अनेरास्ववीयुको ध्यानाकर्षण



कोहलपुर, नेकपा एमाले बाँकेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी बाँकेले नेपाल विद्युत प्राधिकरण कोहलपुरको ध्यानाकर्षण गराएको छ ।दैनिक रुपमा गर्मी बढिरहेको भएपनि विद्यूत अनियमित हुँदा नागरिकले सास्ती व्यवहोर्नु परेको भन्दै अनेरास्ववीयु बाँकेले ध्यानाकर्षण भएको जनाएको हो ।

आइतबार लाखौँ विद्यार्थीहरुको समस्यालाई समाधान गर्न माग गर्दै अनेराववीयु बाँकेका सह–संयोजक बिकल भट्टराई, कोहलपुर नगर कमिटीका संयोजक बलिराज थापा लगायतका विद्यार्थीहरुले नेपाल विद्युत प्राधिकरण कोहलपुरलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

अनेरास्ववीयू बाँकेले कोरोना महामारीका कारण विद्यालय सञ्चालन नभएको समयमा सञ्चालित अनलाइन कक्षा समेत प्रभावित भएको उल्लेख गरिएको छ । अनेरास्ववीयुका बाँके संयोजक दिनेश केसी र सह–संयोजक बिकल भट्टराईद्धारा हस्ताक्षरित पत्र मार्फत अहिले पनि अघोषित रुपमा लोडसेडिङ हुँदा लाखौँ विद्यार्थीहरु बैकल्पिक माध्यमबाट शिक्षा आर्जन गर्न बञ्चित भएको बताइएको छ ।

‘जिल्लामा जारी निषेधाज्ञाका कारण शिक्षा आर्जनमा विद्यार्थीहरुलाई प्रत्यक्ष मार परिरहेको छ । यस्तो अवस्थामा बैकल्पिक माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सबै शैक्षिक संस्थाले अनलाइनको माध्यमबाट अध्ययन गराइरहेका छन् । नेपाल लोडसेडिङ मुक्त भएपनि अहिले विद्युत अनियमित हुँदा पढाइबाट बञ्चित हुनुपरेको छ ।’ उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।

अनेरास्वयीयुले शैक्षिक मुद्धाका सवालमा मात्र नभई जनतन्त्र र जनजिविकाको सवालमा समेत संघर्ष र आवाज उठाउने विद्युत प्राधिकरणले गरिने जनजीवनको खेलबाड प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

यस्तै विद्युत बन्द गरी कालोबजारी गरेको पाइएमा कडा आन्दोलन गर्ने समेत चेतावनी समेत दिइएको छ । उक्त ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय बाँकेलाई बोदार्थ समेत दिइएको छ । यस्तै नेपाल विद्युत प्राधिकरणले विद्युतको आपूर्ति समस्याको निराकरण गरी फुल फेजमा विद्युत आपूर्ति गर्न अनुरोध गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २५ गते सोमबार