20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

लागु औषध दुव्र्यसन विरुद्धका अभियन्ता क्षेत्रीलाई नाइस अवार्ड प्रदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन २४, २०७८  

नेपालगञ्ज : लागु औषध दुव्र्यसन विरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई नाइस अवार्ड २०२१ प्रदान गरिएको छ ।
नाईस नेपालगन्जले प्रकाश मेडिकल हलको सहकार्यमा शुरु गरेको प्रथम नाइस अवार्ड २०२१ लागू औषध दुव्र्यसन विरुद्धका अभियान्ता क्षेत्रीलाई प्रदान गरिएको हो ।


लागू औषध दुव्र्यसनी विरुद्ध लामो समयदेखि काम गर्दै आएका उनलाई उत्कृष्ट कार्य गरेवागत उक्त सम्मान प्रदान गरिएको नाईस नेपालगञ्जले जनाएको छ । नाईसको दोश्रो बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा धवल शम्शेर राणा, अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र प्रकाश मेडिकल हलका प्रमुख फिजिसियन डा. प्रकाश नागले खादा, सम्मान पत्र, ट्रफी तथा नगद १० हजार सहित क्षेत्रीलाई सम्मान गरेका थिए ।

सम्मान ग्रहण पश्चात बोल्दै सम्मानित अभिराज क्षेत्रीले नाईस अवार्डबाट भएको सम्मानले लागू औषध दुव्र्यसन विरुद्धको अभियानमा थप सशक्त रुपमा लाग्न अभिप्रेरित गरेको बताएका छन् । अभियान्ता क्षेत्रीले नाईसले प्रदान गरेको अवार्डका लागि धन्यबाद ज्ञापन गरे । सम्मान प्रदान पश्चात बोल्दै अवार्डमा सहकार्य गर्ने प्रकाश मेडिकल

हलमा प्रमुख डा प्रकाश नागले नाईसले गरिरहेको कामहरु प्रति प्रभावित भएर नाईस अवार्डमा सहकार्य गरेको बताए । उनले समाजमा राम्रो काम गर्ने व्यक्ति तथा संस्थालाई सबैले सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा बोल्दै राम्रो काम गर्ने व्यक्तिलाई सम्मान गरि नाईस नेपालगन्जले एक असल संस्कारको बिकास गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले बताए। नाईस नेपालगन्जको दोश्रो बार्षिकोत्सब तथा नाईस अवार्ड २०२१ समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख राणाले राम्रो काम गर्ने व्यक्ति वा संस्था जो सुकै भए पनि सबैले सहयोग तथा समर्थन गर्नुपर्ने उनले बताए ।
नाईस नेपालगन्जले नेपालगन्जसँगको साझेदारीका सरसफाई कार्यक्रममा गरिरहेको भन्दै नेपालगन्ज उप–महानगरपालिकाको सुन्दरताका लागि गरेको सहकार्यको प्रशंसा गर्नु भएको थियो । नाईस नेपालगन्जका सचिब हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत नाईसका सदस्य मुना बिष्टले गरेका थिए । बार्षिकोत्सवको अवसरमा नाईस अवार्डमा सहकार्य गर्ने डा प्रकाश नागलाई सम्मान पत्रद्धारा सम्मानीत गरिएको थियो ।

प्रकाशित मितिः आइतवार, साउन २४, २०७८     11:41:31 AM  |