24 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

एचआइभी र एड्स एंव लागू औषध दुव्र्यसन सम्बन्धि एक दिने अभिमुखीकरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन २४, २०७८  

कोहलपुर  :बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ को झरकट्टीमा एचआइभी र एड्स एंव लागू औषध दुव्र्यसन सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडामा एचआइभी र एड्स र लागू औषध सम्बन्धि जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।


जुनकिरी महिला समूह बाँकेको आयोजनामा सम्पन्न कार्यक्रममा झरकट्टीका महिला, युवा तथा किशोरकिशोरीहरुलाई सचेतना प्रदान गरिएको थियो । अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि रहेका कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य जसे चदराले हाम्रो समाजमा अहिले पनि एचआइभी र एड्सबारे मानिसमा नकारात्मक धारणा रहेको बताए ।

जनचेतनाको अभावमा अहिले पनि यसलाई नराम्रो नजरले हेरिने गरेको उनको भनाइ थियो । वडा सदस्य चदराका अनुसार गाउँ स्तरमा यस्ता कार्यक्रमहरु आयोजना गर्नु आवश्यक छ ।

उनले वडाले समेत विभिन्न जनचेतनामुलक क्रियाकलाप गरिरहेको बताउनु भएको थियो । भिमुखीकरण कार्यक्रममा लागू औषध दुव्र्यसनका विषयमा समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले सहजीकरण गरेका थिए । उनका अनुसार बाँकेमा जिल्लामा लागू औषध दुव्र्यसन एक गम्भीर समस्याका रुपमा रहेको छ ।

त्यसलाई न्युनिकरण गर्नको लागि समाजमा रहेका आमा समूह तथा युवा र किशोर किशोरीहरुको सक्रियता आवश्यक रहेकोमा उनले जोड दिए ।

उक्त अभिमुखीकरण कार्यक्रमको समन्वय र सहकार्य समाज सेवा संस्था नेपाल र नवकिरण पुर्नस्थापना, केन्द्र नेपालगञ्जले गरेका थिए । जनचेतनामुलक कार्यक्रममा ५० जना भन्दा बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः आइतवार, साउन २४, २०७८     11:32:37 AM  |