कोहलपुर ।
जिल्ला समन्वय इकाई बाँकेले पञ्चवर्षीय शिक्षा योजना बनाउनका लागि तीन वटा महत्वपूर्ण निर्णय गरेको छ । शुक्रबार प्रारम्भिक कक्षा पढाई कार्यव्रmम अन्तर्गत शिक्षा समन्वय इकाई बाँकेले पञ्चवर्षीय शिक्षा योजना बनाउन कार्यदल गठन, पालिका छनौट र शिक्षक पेशागत सहयोग कार्यक्रम गरी तीन वटा महत्पूर्ण निर्णय गरेको हो ।
जसअन्र्तगत शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख राम सुरेश यादवको अध्यक्षतामा बसेको बैठकले ८ जनाको कार्यदल गठन गरेको छ । जसमा राम सुरेश यादव संयोजक, कोहलपुर नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यायल र खजुरा जिल्ला शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल योजना अधिकारी रहेका छन् ।
यस्तै शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा राप्ती सोनारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जिवन न्यौपाने र शिक्षा विकास तथा समन्वय इकाई बाँकेका शाखा अधिकृत उद्धव प्रसाद श्रेष्ठ रहेका छन् । यसैगरी नरैनापुरका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद थारु पालिका प्रमुख, प्रारम्भिक कक्षा पढाइ कार्यव्रmम बाँके जिल्ला संयोजक विरेन्द्र जंग शाह सह—सचिव रहने गरी कार्यदल गठन गरेको छ ।
कार्यदलले काम गर्ने पालिका
प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाई बाँकेले पञ्चवर्षीय शिक्षा योजना बनाउन कार्यदलले बाँकेका ६ वटा पालिकामा काम गर्नेछ । जसमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र खजुरा गाउँपालिकामा काम गर्नेछ ।
यस्तै खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले आफ्नो गाउँपालिकामा पञ्चवर्षीय शिक्षा योजना बनाई सकिएको
बताए । ‘गाउँपालिका स्तरीय पनि कार्यदल समेत गठन गरेका छौ’ ‘कार्यदलबाट गाउँपालिका भित्रका विद्यालयहरुमा के कस्ता योजना बनाउन आवश्यक छ भनी छलफल गर्ने काम सुरु गरिसकेका छौं’ उनले भने ।
यस्तै प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बाँके जिल्ला संयोजक विरेन्द्र जंग शाहले बाँकेका सबै पालिकाहरुमा अनुगमन तथा निरिक्षण गरेको बताए । उनका अनुसार बाँकेका ८ वटा पालिकाहरु मध्ये ६ वटा पालिकाहरुमा पञ्चवर्षीय शिक्षा योजना बनाउनका लागि बजेट छुट्याएको बताए । ‘अन्य दुई पालिकाहरुमा अहिले पञ्चवर्षीय योजनाका लागि बजेट छुट्याएका छैनन्’ उनले भने, ‘सो पालिकाहरुलाई बजेट व्यवस्थापन भएको खण्डमा ती दुई पालिकामा समेत काम गर्नेछौं ।’ शिक्षक पेशागत सहयोग कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वय गर्नका लागि सम्बन्धीत पालिकाहरुसंग पहल गर्ने शाहको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्