बिओपीको भवन उदघाटन



बर्दिया : जिल्लाको राजापुर नगरपालिका वडा नम्बर १० खैरीचन्दनपुर झप्टि स्थित तेस्रो चरण अन्तरगत स्थापना हुने बिओपि खैरीचन्दनपुर झप्टिको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानको प्रमुख आतिथ्यतामा बिओपि खैरीचन्दनपुर झप्टिको नवनिर्मित भवन उद्घाटन गरिएको हो ।


भवन निर्माण पश्चात पालमा बसी डिउटी गर्नुपर्ने असहज अवस्थाको अन्त्य भएको र सहज ढंगबाट प्रभाबकारी डिउटी गर्न उनले निर्देश्न दिएका छन् । उनका अनुसार सिमा सुरक्षा थप मजबुद हुने र समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ हुने बताइएको छ ।
बाहिनीपति प्रधानले सीमा सुरक्षाको सुदृढिकरण, शान्ति सुरक्षामा सुधार, सशस्त्र प्रहरी बल नेपालको उपस्थिति र आपतकालिन अवस्थामा तत्काल परिचालन र उद्धारमा प्रभावकारीता लगायत अगामी दिनहरुमा अझ प्रभावकारी रुपमा परिचालित हुन अमुल्य निर्देशन दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रबार