बाँसगढीमा नगर अस्पताल सञ्चालन



मधुर पौडेल, बाँसगढी
बर्दियाको बाँसगढी नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको छ । नगर अस्पतालको बिहीबार एक कार्यक्रमका बीभ उद्घाटन गरिएको हो ।


बाँसगढी नगरपालिका र एस.ओ.एस.द्धारा सञ्चालित नगर अस्पताल बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै अधिकारीले एस.ओ.एस. र नगरपालिकाद्धारा अस्पतालको स्वामित्व नगरपालिकाले ५ शैया अस्पताल सुरु गरेको बताए ।

उनका अनुसार स्थानीयलाई शुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्य रहेको छ । नगर अस्पतालमा डाक्टर सहिटको सेवा आम नागरिकहरुलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘नगर अस्पतालको उद्घाटन भएको छ । अब नगर क्षेत्रमै स्वास्थ्य सेवा प्रदान गरिनेछ । नागरिकले सर्वसुलभ पाउनेछन् ।’ उक्त अवसरमा नगरप्रमुख अधिकारीले भने ।

कार्यक्रममा बोल्दै एस.ओ.एस.का ल्याब टेक्निसिएन दिपबहादुर थापाले सेवा सुविधा बारेमा जानकारी गराएका थिए । उनका अनुसार नगरपालिका र संस्थाको सहकार्यमा स्वास्थ्य सेवा प्रदान गरिनेछ । उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताले मानव जीवनको लागि स्वास्थ्य महत्वपूर्ण रहेकोमा जोड दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रबार