बाँकेका २३ जनामा कोरोना पुष्टि हुँदा कोहलपुरकै २१ जना !



नेपालगञ्ज ।

पछिल्लो समय बाँकेको कोहलपुरमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको छ । आज मात्रै बाँकेका २३ जनामा कोरोना पुष्टि हुँदा कोहलपुरकै २१ जना छन् । अन्य दुई जनामा नेपालगञ्ज र राप्तीसोनारीका एक/एक जना छन् ।

आज ३ जना डिष्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी १८८ नमुना परिक्षणमा बाँकेका २३ जनासहित ३१ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा गरिएको परिक्षणमा २० जना, मेडिकलमा कलेज कोहलपुरमा ७ जना र बागेश्वरी ल्याबमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

हालसम्म बाँकेमा १७ हजार ६ सय ९३ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार २ सय ६३ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २२ जनाको मृत्यु भएको छ । जिल्लामा ११६ जना सक्रिय संक्रमित रहँदा ४८ जना अस्पताल र आइसोलेसनमा छन् भने ९४ जना होम आइसोलेसनमा छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २१ गते बिहीबार