डिल्ली शाही ।
बाँकेको कोहलपुर नगरपालिका वडा न १ लाई बाल विवाह मुक्त घोषणा गरिएको छ । मंगलबार ‘हामी सबैको ऐक्यबद्धता, बालविवाह विरुद्धको साझा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ एक औपचारिक कार्यक्रम गरी कोहलपुरका १ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । एक कार्यक्रम गरी कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, उप—प्रमुख सन्जु कुमारी थारु र कोहलपुर नगरपालिका वडा न १ का अध्यक्ष गोपीलाल खनालद्वारा संयुक्त्त रूपमा बाल विवाह मुक्त वडा घोषणा गरिएको गरेका थिए ।
यस्तै घोषणा कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिका अबको एक वर्षभित्र सबै वडाहरु बालविवाह मुक्त वडा घोषणा गर्ने क्रममा रहेको बताए । उनका अनुसार कोहलपुर नगरपालिकाले बाल विवाह मुक्त अभियान निर्देशिका २०७६ अनुसार क्रमशः नगरका सबै वडालाई बाव विवाह मुक्त गरिने बताए ।
‘गत वर्षको चैत महिनाको १९ गतेका दिन कोहलपुर नगरपालिकाले एकैदिन एकसाथ २ वटा वडालाई बालविवाह मुक्त घोषणा गरेका थियौं, वडा नं. १२ र वडा नं. १३ लाई बालविवाह मुक्त वडालाई घोषणा गरिसकेका छौं’ उनले भने’ ‘अहिले वडा नम्बर १ लाई पनि बालविवाह वडा मुक्त घोषणा गरी अर्को सफलता पाएको र अब केही दिनमा नै वडा नम्बर ३ लाई पनि बालविवाह वडा मुक्त घोषणा कार्यक्रम गरिने छ ।’ अब पनि कसैले बालविवाह गरेमा कानुन बमोजिमको कारबाही हुने चेतावनी समेत रावतले दिएका थिए ।
यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख सन्जु कुमारी चौधरीले बालविवाह गरेपछि हुने समस्याहरुको बारेमा जोड दिएकी थिइन् । उनका अनुसार कोहलपुर नगरपालिका भित्रका बालविवाहको समस्या लिएर न्यायिक समितिमा आउने गरेको बताइन् । बालविवाह गरेपछि कस्ता समस्या आउँछन् त भनी एक बालविवाह गरेको बारेमा समस्या सुनाएकी थिइन् जसमा उनले भीनन्, ‘कक्षा ७ मा पढ्दा पढ्दै उनको बिहे भयो ।
बिहे पनि स्वइच्छाले भागेर विहे गरिन् । विहे भएको १ वर्षमा बच्चा जन्मियो । बच्चा जन्मिएपछि श्रीमानको अभद्र व्यवहार भयो । उनलाई श्रीमानबाट मानसिक तनाव दिने, कुटपीट गर्ने अन्य नराम्रा गतिविधी गर्ने क्रियाकलाप भयो । उनको राम्रो हेरचाहा गर्ने भएन् । जव उनी त्यति बेला १६ वर्षकी थिइन् । उनी त्यो तनाव दिने, कुटपीट गर्ने अन्य नराम्रा गतिविधी बाट मुक्त हुनका लागि माइतमा गइन् । माइतमा गएपछि उनका आमाबुवाले न्यायिक समितिका खबर गर्नुभयो ।
खबर पश्चात उनलाई श्रीमान र उनीको घरलाई पूर्ण रुपमा बच्चा र आमाको स्याहार गर्ने भनी न्यायिक समितिबाट निर्देशनात्मक आदेश दिएको उनले भनीन् । बालविवाह गरेपछि मानसिक, शाररिक रुपमा परिपक्क नभएपछि यस्ता खाल्का अन्य थुपै्र समस्या आउने भएकोले बालविवाहलाई निमूल पार्नका लागि सबै लाग्नुपर्ने उनको भनाई थियो ।
यस्तै कोहलपुर नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष गोपीलाल खनालले बालविवाह मुक्त वडा बनाउनका लागि धेरै मिहेनत गरेको बताएका थिए । उनका अनुसार प्रत्येक घरधुरीको सर्वेक्षण गर्दा निकै समस्या हुँदो रहेछ । यहाँका अभिभावक, धार्मिक गुरु, जनप्रतिनिधि र सामाजिक अगुवा, किशोरी क्लब, बाल क्लब र अन्य बालबालिकाहरुको सहयोगमा बालविवाह मुक्त वडा घोषणा गर्न पाएकोमा सबैलाई धन्यवाद ज्ञापन व्यक्त गरे ।
यस्तै उक्त कार्यक्रममा स्याक नेपालका प्रमुख शिवलाल पाण्डे, कृष्ण माध्यमकि विद्यालयका प्रधानाध्यपक विरेन्द्र मल्ल, जनज्ञानज्योतिका प्रधानाध्यपक एकदेव पन्थी, कोहलपुर नगर पशु शाखाका प्रमुख गोविन्द रोकाय, नगर कृषि शाखाका प्रमुख चन्द्र बहादुर बुढा, स्वास्थ्य शाखा प्रमुख शाभा अधिकारी, महिला तथा बालबालिका शाखा प्रमुख रिना थापा, अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी, किशोरी क्लब, युवा क्लब लगायतको उपस्थित रहेको थियो । सो कार्यक्रम प्लान इन्टरनेशन नेपाल र स्याक नेपालको साझेदारी र कोहलपुर नगरपालिकाको समन्वयमा आयोजना गरिएको हो ।
यसकारण, बालविवाह मुक्त घोषणा
कोहलपुर नगरपालिका वडा नम्बर १ मा रेन्डम सेम्पलिङ विधिबाट १५० नमूना सर्वेक्षण संकलन गरिएको थियो । अन्नपूर्ण पोष्टका उप सम्पादक संकर खनालले सो नमुना सर्वेक्षण गरेका थिए । सो सर्वेक्षणलाई अध्ययनको सारमा तथ्थांक प्रस्तुत गरेका थिए । सो तथ्यांक अनुसार वडा नम्बर १ मा ७ सय ७० घरधुरीको १९.४८ प्रतिशतमा घरधुरीको सर्वेक्षण गरिएको थियो ।
बालविवाह बारे थाहा पाइएको ७० प्रतिशत, विवाह उमेर २० वर्ष हो भन्ने थाहा पाएको ९८ प्रतिशत, बालविवाह नभएको बताउने ९६.५ प्रतिशत, बालविवाहको जन्ती भोज भेतरमा जान छोडेको ५९.३३ प्रतिशत रहेको छ । बालविवाह भागेर गरेको १०० प्रतिशत र अभिभावक बालविवाह विरुद्ध उजुरी दिनुपर्नेमा सर्तक रहेको ७७ प्रतिशत रहेको सर्वक्षणको तथ्यांकले देखाएको छ ।
यस्तै तथ्यांक अनुसार एक वर्षको अवधिमा २ जनाले बालविवाह गरेको पाइएको छ । जसको कुल संख्याको ३.१२ प्रतिशत रहेको छ । एउटा पालिका, वडा बालविवाह मुक्त वडा घोषणा गर्नका लागि २० प्रतिशत भन्दा कम बालविवाह गरेको हुनुपर्दछ ।









प्रतिक्रिया दिनुहोस्