कोहलपुर नगरपालिका वडा न १ लाई बाल विवाह मुक्त घोषणा



कोहलपुर।

बाँकेकाे कोहलपुर नगरपालिका वडा न १ लाई बाल विवाह मुक्त घोषणा गरिएको छ ।

मंगलबार एक कार्यक्रम गरी कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत, उप प्रमुख सन्जु कुमारी थारु र कोहलपुर नगरपालिका वडा न १ का अध्यक्ष गोपीलाल खनालद्वारा संयुक्त्त रूपमा बाल विवाह मुक्त वडा घोषणा गरिएको गरेका थिए ।

काेहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतका अनुसार काेहलपुर नगरपालिकाले वाल विवाह मुक्त अभियान निर्देशिका २०७६ अनुसार  क्रमशः नगरका सबै वडालाई बाव विवाह मुक्त गरिने बताए ।

साे सो कार्यक्रममा  वडालाई बाल विवाह मुक्त घोषणा गर्न विशेष भूमिका खेल्ने प्लान नेपाल, समाजिक सचेतन सरोकार मञ्ज र (स्याक नेपाल)का प्रतिनिधि तथा बाल क्लब, किशाेरी क्लब र अन्य संघ संस्थाका प्रतिनिधिहरूलाइ सम्मान गरेकाे थियाे । यस अघि कोहलपुर नगरपालिका वडा न १२ र १३ वाल विवाह मुक्त घोषणा भैसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १९ गते मंगलबार