कोहलपुर : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको माग गर्दै विपक्षी ४१ सांसदले हस्ताक्षर सहितको पत्र बुझाएका छन् । प्रदेश प्रमुख अमिक शेरचनलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले ४१ सांसदको हस्ताक्षर बुझाएका हुन् ।
एमाले नेतृत्वको वर्तमान सरकारको वैधानिकता नरहेको बताउदैँ विपक्षी गठबन्धनले नयाँ प्रदेश प्रमुख आउनुसाथ संविधानको धारा १६८९२० अनुसार सरकार गठन गर्न माग राखेका छन् ।
लुम्बिनीमा अहिले एमालेको सरकार उपधारा १६८९१० बमोजिम रहेको छ ।
‘प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले संविधानको धारा १६८९२० अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सो अनुसार नगरी प्रदेशसभामा तत्कालीन समयमा जम्मा ३८ जना सदस्य रहेको नेकपा एमाले दलका नेता मा।
शंकर पोखरेललाई धारा १६८९१० अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख मा। धर्मनाथ यादव ज्यूबाट संविधान विपरित हुने गरी नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभुत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्परा विपरित संविधानको जालसाजी प्रयोग गरी नियुक्ति र सपथ गराइयो।’– निवेदनमा भनिएको छ ।













प्रतिक्रिया दिनुहोस्