कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकाले कोरोना कहर विद्यामान रहेको भन्दै भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्न आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुलाई भौतिक उपस्थितिमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन नगर्न आग्रह गरिएको हो ।
अझै कोरोनाको सम्भावित तेस्रो लहरको समेत जोखिम रहेकोले विद्यालय सञ्चालन गर्न सहज वातावरण नरहेको भन्दै शाखा अधिकृत विश्वराज ढकालद्धारा हस्ताक्षरित विज्ञप्तिमा बैजनाथमा सञ्चालित केही संस्थागत विद्यालयहरुले विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गरिएको छ ।
तत्काल सो कार्य बन्द गरी बैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिन पनि अनुरोध गरिएको छ । यदि कुनै पनि विद्यालयले फेरी पनि अटेरी गरी विद्यालय सञ्चालन गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने उल्लेख गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्