कोहलपुर वडा नम्बर १ बालविवाह मुक्त वडा घोषणा हुँदै



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ बाल विवाह विवाह मुक्त वडा घोषणा गर्ने लागेको छ । आइतबार ‘हामी सबैको ऐक्यबद्धता, बालविवाह विरुद्धको साझा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ १ नम्बर वडालाई यहि श्रावन महिनाको १९ गतेका दिन बालविवाह मुक्त वडा घोषणा गर्ने लागेको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपीलाल खनालले वडामा विगत तीन वर्षदेखि बालविवाहका मुक्त वडा घोषणा गर्नका विभिन्न क्रियाकलाप गरेको र अहिले पुरा भएको बताए ।

‘अब घोषणा गर्न मात्र बाँकी छ, उनले भने, ‘अरु सबै कामहरु पुरा भैसकेका छन् ।’ कोहलपुरमा विभिन्न समयमा बालविवाह रोकथाम परियोजना मार्फत विभिन्न कामहरु गर्दै जाँदा राम्रो परिणाम आएको उनको भनाई थियो ।

यस्तै मंगलबार १९ गते बिहान ७ बजेबाट कार्यक्तम सुरु हुनेछ । सो कार्यक्रम सम्पन्न गर्नका लागि मुल समिति समेत निर्माण गरिएको छ । सो मुल समितिमा वडा अध्यक्ष गोपीलाल खनाल रहेका छन् । जसको सदस्यहरुमा लसिना वली, दिल माया सुनार, दिप्ती सुनार, दुरुपती लामिछाने लगायत ५ जनाको मुल समिति निर्माण गरेहेका छन् ।

यस्तै कार्यक्रममा किशोरी क्लबका अध्यक्ष, बाल क्लबका अध्यक्ष र सरोकारवालाहरु समेत उपस्थित रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १७ गते आइतबार