सात जनालाई वारवरा फाउण्डेशनको सम्मान



कोहलपुर 

वारवरा फाउन्डेसनले बाँकेको भेरी अस्पतालका प्रमुख सहित स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । कोरोना संक्रमणको पहिलो र दोस्रो चरणमा उत्कृष्ट सेवा गरेको सम्मानमा सात जनालाई सम्मान गरिएको हो । वारवरा फाउन्डेसनबाट शनिबार काठमाण्डौमा उनीहरुलाई सम्मानित गरिएको थियो ।

सम्मानित हुनेमा भेरी अस्पताल नेपालगञ्जका मेसु डा. प्रकाशबहादुर थापा, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, नर्सिङ अधिकृत शीला शर्मा, नर्सिङ स्टाफ मधु गुरुङ, एलिना विक, प्रयोगशाला सह– इन्चार्ज प्रसिद्ध ढकाल र सरसफाइकर्मी कविता डिसी रहेका छन् ।

संस्थाले उनीहरुलाई विधागत रुपमा कार्य सम्पादनका आधारमा छनौट गरिएको हो । सोही अनुसार चिकित्सा क्षेत्रबाट डा. पाण्डे, अस्पताल प्रशासनबाट डा. थापा, नर्सिङ क्षेत्रबाट शर्मा रहेका छन् । यस्तै सम्मानित हुने गुरुङ र विक, प्रयोगशालाबाट ढकाल र सरसफाइकर्मीबाट डीसीलाई छनौट गरी फाउण्डेसनले जनाएको छ । कोरोना महामारीको हटस्पट बनेको नेपालगञ्जको भेरी अस्पतालमा बिरामीको उपचारमा अहोरात्र खटिएर काम गरेबाफत उनीहरुलाई ‘वारवरा फाउन्डेसन कोभिड– १९ विशिष्ट’ बाट सम्मानित गरिएको हो । कोभिड महामारीमा भेरी अस्पतालले उत्कृष्ट सेवा प्रदान गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १७ गते आइतबार