कोहलपुर ।
नेपालमा पछिल्लो २४ घण्टामा शनिबार ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार २६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २८० र ४ हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३ हजार १०६ जनामा संक्रमण
पुष्टि भएको थियो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या पीसीआर परीक्षणबाट पुष्टि भएको मात्र हो ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण २३ जनाको उपचारकै क्रममा ज्यान गएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ९ हजार ८५७ जनाले ज्यान गुमाइसकेका छन् । शनिबार देशभर १ हजार ९१६ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।
योसँगै देशभर कोरोना जितेर घर फर्किनेहरुको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका थिए । त्यस्तै चितवनमा २३२, कास्कीमा २०२, मोरङमा १६९, झापामा १५३, सुनसरीमा ११९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्