कोहलपुर ।
नेकपा माओवादी केन्द्र कोहलपुरले एक हप्ते कार्यकर्ता स्कुलीङ कार्यक्रम समापन गरेको छ । शनिबार एक अनौपचारीक कार्यक्रम गरी नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिका स्तरीय स्कुलीङ्ग कार्यक्रम समापन गरिएको हो ।
गत आइतबार देखि सुरु भएको सो स्कुलिङ्ग कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कालि बहादुर मल्लको प्रमुख आथित्यमा स्कुलिङ्ग कार्यक्रम समापन भएको थियो ।
यस्तै माओवादी केन्द्र कोहलपुर नगर सचिव बल बहादुर खड्का अविरलले माक्सबादी दर्शन, बैज्ञानिक समाजवाद, राजनितिक अर्थशास्त्र, आत्मानिर्भर अर्थतन्त्र, संगठनात्मक सिद्धान्त, सहकारी लगायत अन्य विभिन्न विषयबस्तु बारेमा प्रशिक्षण कार्यक्रम गरिएको बताए ।
उनका अनुसार नेकपा माओवादी केन्द्रका कार्यकताहरुलाई १८ जनाभन्दा बढि प्रशिक्षकहरुले प्रशिक्षण दिएको बताए ।
प्रकाशित मिति : २०७८ साउन १६ गते शनिबार









प्रतिक्रिया दिनुहोस्