सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली अस्पतालमा उपचार गराइरहेको पाइएको छ।
दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार सांसद वलीले घाँटीमा समस्या भएका कारण आफू नेपालगन्जमा उपचाररत रहेको बताएकी हुन्।
यसअघि उनको पार्टी नेकपा केन्द्र लुम्बिनी संसदीय दलका सचेतक तुलाराम घर्ती मगरले शुक्रबारदेखि उनले फोन नउठाएको बताएका थिए। तर प्रहरीले फोन गर्दा उनले आफू बिरामी भएर अस्तपालमा रहेको बताएकी हुन्।
प्रकाशित मिति : २०७८ साउन १६ गते शनिबार










प्रतिक्रिया दिनुहोस्