18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

अष्ट्रेलियामा लकडाउन पालना गराउन सेना परिचालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन १५, २०७८  

काठमाडौं ।

अष्ट्रेलियाको सिड्नीमा लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । सिड्नीमा गत महिनादेखि जारी रहेको लकडाउन थप एक महिनाका लागि थप गरिएसँगै लकडाउन पालना गराउन सयौंको संख्यामा सेना परिचालन गरिएको हो ।

गत जुन महिनामा डेल्टा भेरियन्टसहितको संक्रमण बढ्न थालेको थियो । त्यसयता अहिलेसम्म तीन हजार संक्रमित फेला परिसकेका छन् भने नौ जनाको मृत्यु भइसकेको छ । पाँच सातासम्म संक्रमण नियन्त्रणको लागि भन्दै लकडाउन गरिए पनि संक्रमण निरन्तर बढिरहेको छ ।

अधिकारीहरुका अनुसार शुक्रबार सिड्नीमा १७० नयाँ संक्रमित फेला परेका छन् । यद्यपि अहिले धेरैले सेना परिचालन गर्नु आवश्यक नरहेको बताएका छन् ।

अगष्ट २८ सम्मका लागि गरिएको लकडाउनको क्रममा मानिसहरुलाई शारीरिक अभ्यास, शपिङ, स्वास्थ्य स्याहार तथा अन्य अत्यावश्यक कामबाहेक बाहिर जान रोक लगाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सिड्नीमा कोरोना संक्रमण सबैभन्दा धेरै देखिएका स्थानमा सेनाले प्रहरीलाई लकडाउन पालना गराउन सहयोग गर्नेछन् ।

न्यु साउथ वेल्सका प्रहरी प्रहरी मन्त्री डेभिड एलिओटले सिड्नीमा बस्ने सानो अल्पसंख्यक समुदायले आफूलाई नियम नै नलाग्ने जस्तो गरेकाले सेना परिचालन गरेपछि केही सहज हुने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

 

प्रकाशित मितिः शुक्रबार, साउन १५, २०७८     12:53:07 PM  |