देशभर थपिए ३८४० संक्रमित



कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ जना र एन्टिजेन विधिबाट ४ हजार ९२२ नमुना परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना पुष्टि भएको थियो । दुवै विधिबाट कुल १५ हजार ८०८ नमुना परीक्षण गर्दा ३ हजार ८४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९९३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका थिए । हालसम्म नेपालमा ६ लाख ४९ हजार ७२ संक्रमित निको भएका छन् । यो अवधिमा देशभर कोरोना संक्रमणका कारण थप ३३ जनाको उपचारकै क्रममा मृत्यु भएको थियो ।

हालसम्म नेपालमा ९ हजार ७ सय ९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै १० वर्ष मुनिका ८३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । सह–प्रवक्ता डा. अधिकारीका अनुसार कोरोना संक्रमणको दर औसतमा २४ दशमलव ०२ प्रतिशत रहेको छ । यो दरले केहीदिनयता कोरोना संक्रमणको दर बढ्दै गएको देखिएको उनी बताउँछन् । बुधबार सबैभन्दा धेरै काठमाडौंमा ५५९, कास्कीमा ३१६, ललितपुरमा २०६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५, र सुनसरीमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै भक्तपुरमा ९४, नवलपरासी पूर्वमा ७४, मकवानपुरमा ७३, गोरखामा ६३, नुवाकोटमा ३८, रुपन्देहीमा ३७, बागलुङमा ३४, स्याङजामा ३३, पाल्पामा ३० जनामा कोरोना संक्रमित थपिएका थिए । काभ्रेपलाञ्चोकमा २३, दोलखा, सिन्धुपाल्चोक, म्याग्दीमा २०÷२० जना, कैलालीमा १९, दाङमा १८, लमजुङमा १७, पर्वतमा १४, धनकुटामा १२, अर्घाखाँची र बैतडीमा ११÷११ जना र धादिङमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेशअनुसार संक्रमणको दर हेर्दा गण्डकीमा परीक्षण दर बढी रहेको छ । गण्डकी प्रदेशमा कुल परीक्षण दरको ६२ प्रतिशत व्यक्तिमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै प्रदेश १ मा कुल परीक्षणको २७ दशमलब ०५ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबारसम्म होम आइसोलेसनमा २६ हजार ६५२ जना र संस्थागत आइसोलेसनमा २ हजार ७९२ जना गरी देशभर २९ हजार ४४४ जना सक्रिय संक्रमित रहेका थिए । संस्थागत आइसोलेसनमा रहेका मध्ये ६११ जना आइसीयू र १६८ जना भेन्टिलेटर र क्वारेन्टाइनमा ३४९ जना रहेको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १४ गते बिहीबार