दाङ ।
दाङको तुलसीपुरबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । तुलसीपुर–अमिलिया सडक खण्डमा पर्ने तुलसीपुर उप–महानगरपालिका १३ दमारगाउँबाट प्रहरीले ७ ग्राम ६६ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उप–महानगरपालिका १२ घर भई हाल तुलसीपुर ६ मा डेरा गरी बस्दै आएका २७ वर्षिय राजकुमार ओली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार आइतबार साँझ ७ बजेको समयमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त प्रहरीको टोलीले नेपालगञ्जदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १७१८ नम्बरको गाडी जाँच गर्ने क्रममा उक्त गाडीमा सवार ओलीलाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो । पक्राउ परेका ओलीमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्