कोहलपुर ।
बाँकेमा फेरी कोरोना संक्रमणदर बढ्दै जान थालेको छ । धेरै दिनपछि जिल्लामा पछिल्लो २४ घण्टामा सोमबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । जिल्लाका दुई प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १५ जनामा संक्रमण देखिएको हो । ८ महिला र ७ पुरुष गरेर १५ जनामा संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला र ५ पुरुष गरेर ७ जना तथा मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा ६ महिला र २ पुरुष गरेर ८ जनामा संक्रमण पुष्टि भएको थियो । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले पछिल्लो २४ घण्टामा केही सातायताकै धेरै नयाँ संक्रमित फेला परेको जानकारी दिए ।
‘पछिल्लो तथ्यांकले संक्रमणदर फेरी बढेको हो की भन्ने देखाउँछ’ उनले भने, ‘संक्रमणदर कस्तो हो भन्ने थाहा पाउन केही दिनको तथ्यांक हेर्नुपर्छ ।’ सोमबार थपिएकासँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ९६ पुगेको छ । तीमध्ये ७ हजार ४ सय ९८ महिला र १० हजार ९८ जना महिलाहरु रहेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।
सोमबार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ८ महिला र ८ पुरुष गरेर १६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा थप १५ जनामा संक्रमण पुष्टि हुँदा २ जना मात्र कोरोना जितेर घर फर्किएका थिए । १ महिला १ पुरुष कोरोना जितेर घर फर्किएको फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १७ हजार २ सय ३१ पुगेको छ ।
कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार ३ सय ४१ महिला र ९ हजार ८ सय ९० पुरुष रहेका छन् । सोमबारसम्म बाँकेमा कुल कोरोना सक्रिय संक्रमित ४३ जना रहेका थिए । तीमध्ये २१ महिला र २२ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्लामा बाहिरी जिल्लाका सक्रिय संक्रमितको संख्या १७ जना रहेका छन् । होम आइसोलेसनमा २१ महिला र २० पुरुष गरेर ४१ जना रहेका छन् ।
अस्पतालमा उपचाररत भने ७ महिला र १२ पुरुष गरेर १९ जना रहेका थिए । बाँकेमा अहिलेसम्म कोरोना संक्रमणका कारण ६ सय ९८ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । तीमध्ये २ सय ५१ महिला र ४ सय ४७ जना पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।









प्रतिक्रिया दिनुहोस्