19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

लागू औषध ब्राउन सुगरसहित ओली पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ११, २०७८  

दाङ ।

दाङ तुलसीपुरमा लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँको तुलसीपुर अमिलिया सडक खण्डबाट ७ ग्राम ६६ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १२ घर भई हाल तुलसीपुर ६ मा डेरा गरी बस्दै आएका २७ बर्षिय राजकुमार वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

हिजो साझ ७ बजेको समयमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त प्रहरीको टोलीले नेपालगञ्ज देखि तुलसीपुर तर्फ आउदै गरेको रा १ ख १७१८ नम्बरको गाडी जाँच गर्ने क्रममा उक्त गाडीमा सवार वलीलाई पक्राउ गरेको हो ।

उनलाई नियन्त्रण लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, साउन ११, २०७८     3:06:38 PM  |