महन्थबारे उपेन्द्रले भने– गेटमा ताल्चा लगाएको छैन, आत्मालोचना गरेर आए विचार गर्न सकिन्छ



जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले गल्ती सच्याएर आए महन्थ ठाकुर तथा राजेन्द्र महतोलाई पनि पार्टीमा स्थान दिन सकिने बताएका छन् ।

पार्टी आधिकारिकता विवादलाई टुंग्याउने क्रममा केन्द्रीय कार्यकारिणी सदस्यहरूको सनाखतका लागि निर्वाचन आयोग पुगेका अध्यक्ष यादवले आत्मालोचना गरेर आए विचार गर्न सकिने बताएका हुन् ।

‘हामीले घोक्र्याएर पठाएको होइन । उहाँहरू बाटो बिराउँदै बिराउँदै कहाँ पुग्नुभयो । गलत बाटोमा, गलत राजनीतिमा पुग्नुभयो,’ यादवले भने, ‘हामीले गेटमा ताला लगाएका छैनौं । साथीहरू आफूले गरेका गल्तीलाई स्वीकारेर, आत्मालोचना गरेर आए विचार गर्न सकिन्छ ।’

त्यसक्रममा यादवले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका ३४ सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरेको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ११ गते सोमबार