19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

प्रियंकाको बचाउमा सासु रविना लेख्छिन्, ‘बिकिनीमा प्रियंका झन् सुन्दरी’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन १०, २०७८  

पछिल्लो समय फिल्म क्षेत्रमा सामाजिक सञ्जालको अग्र स्थानमा रहेको चर्चा नै प्रियंका कार्की हुन् l कारण रह्यो गर्भावस्थामा रहेकी कार्कीले सार्वजनिक गरेका तस्बिरहरू l

बेबी सावर देखी बिकिनी सम्मका तस्बिर सार्वजनिक गरेकी प्रियङ्का यती बेला दर्शकको नजरमा घृणाको पात्र सँगै मायाको पात्र पनि बनेकी छिन् l

दर्शकले प्रियंकाको क्रियाकलाप महिला सशक्तीकरणसँग जोडेर चर्चा गरेका छन् भने कतिपयले सामाजिक विकृति समेत भनेका छन् । तर उनी यस्ता कुरालाई खासै वास्ता गर्दिनन् l यसो त उनका परिवारले पनि यस्ता कुरालाई खासै मतलब दिएका छैनन् l

Cine pati

प्रियंकाले गरेका कृयाकलापमा उनका परिवारले खुलेर साथ दिएका छन् l हालै कार्कीको सासू रविनाले देशराज श्रेष्ठले पनि प्रियंकाको बारेमा खुलेर बोलेकी छिन् lसामाजिक संजाल मार्फत एउटी गर्भवती महिलाको शरीर र बिकिनी मात्र देख्ने तपाई गलत भएको समेत बताएकी छन् ।

उनले बुहारी प्रियंकाको समर्थन गर्दै बिकिनीमा प्रियंका अतिरिक्त सुन्दरी देखिएको भन्दै प्रशंसा समेत गरेकी छन् । ‘उनी बिकिनी रुचाउँछिन् र यसमै आरामदायी र खुसी महसुस गर्छिन् ।’ भनेर अभिव्यक्ति दिएकी छन् l

प्रकाशित मितिः आइतवार, साउन १०, २०७८     4:20:50 PM  |