शिवु खनाल । दाङ ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीले व्यवसायीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराईदिन माग गरेको छ । संघका अध्यक्ष खगेश्वर खनाल र उपाध्यक्ष केशबराज पोख्रेलले पहिलो पटक उपलब्ध गराएको भेरोसेल खोप अपुग भएपछि थप खोप उपलब्ध गराइदिन दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई आग्रह गरेका हुन् ।
लमही क्षेत्रका सम्पूर्ण व्यवसायीहरुलाई पुग्नेगरी खोप उपलब्ध प्रजिअसँग माग गरिएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खनालले जानकारी दिए । ‘अघिल्लो पटक यहाँका व्यवसायीका लागि संघलाई ५० भाइल मात्र उपलब्ध भएको थियो’ उनले भने, ‘सबै व्यवसायीलाई नपुगेका कारण फेरि हामीले खोप माग गर्ने अनुरोध गरेका हौं ।’
लमही क्षेत्रका सबै व्यवसायीहरुलाई खोप पु¥याउँने तयारी भइरहेको बताउँदै संघका उपाध्यक्ष पोख्रेलले केही समय धैर्य गर्नुपर्ने बताए । ‘प्रशासनले उपलब्ध गराएसम्म सबैलाई खोप सहजै दिने वातावरण गराउन हामी लागि परेका छौं’ उनले भने, ‘केही समय सबैजना धैर्य गरेर बसिदिनुहोला ।’ सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले सकेजति पहल गरेर खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्