कोहलपुर : पछिल्लो २४ घण्टामा शनिबार बाँकेमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण देखिएको हो । ३ महिला र २ पुरुष गरेर नयाँ ५ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ३ महिला र १ पुरुष गरेर ४ जना तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा १ पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा भने जिल्लाका कसैलाई पनि संक्रमण पुष्टि भएको थिएन । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ७७ पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये ७ हजार ४ सय ८९ महिला र १० हजार ८८ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ५ महिला र ५ पुरुष गरेर १० जनामा संक्रमण देखिएको थियो । शनिबार जिल्लामा थप ६ जना कोरोना जितेर घर फर्किएको फोकल पर्सन ओलीले जानकारी दिए । ‘पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषहरुले कोरोना जित्नुभएको थियो’ उनले भने, ‘पछिल्ला दिनहरुमा कोरोना जितेर घर फर्किनेहरु धेरै
हुनुहुन्छ ।’ योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १७ हजार २ सय २० पुगेको छ ।
तीमध्ये ७ हजार ३ सय ३५ महिला र ९ हजार ८ सय ८५ पुरुष रहेको फोकल पर्सन ओलीले जानकारी दिए । शनिबारसम्म बाँकेमा सक्रिय कोरोना संक्रमितको संख्या ३५ रहेको थियो । तीमध्ये १८ महिला र १७ पुरुष रहेका थिए । जिल्लामा बाहिरी जिल्लाका सक्रिय संक्रमितको संख्या भने २१ रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीले बताए । ८ महिला र १४ पुरुष गरेर २२ जना अस्पताल आइसोलेसनमा रहेका छन् भने १७ महिला र १५ पुरुष गरेर ३२ जना होम आइसोलेनमा रहेका थिए । अहिलेसम्म बाँकेमा कोरोना संक्रमणका कारण जिल्ला र बाहिरी जिल्लाका ६ सय ९८ जनाको उपचारकै क्रममा मृत्यु भइसकेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्